दिल्लीको रोहिणी अदालतमा गोली चल्यो, ३ जनाको मृत्यु

८ असोज, एजेन्सी।

Advertisement

दिल्लीको रोहिणी अदालत अगाडि गोली चलेको छ । शुक्रबार भएकाे उक्त घटनामा परी तीन जनाको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएकाे छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको र प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको समाचारमा जनाइएको छ ।

Advertisement

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top