नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान, ३ सय युएन मापदण्डको हेल्मेट वितरण गरिने

८ असोज ७८, शनिबार

८ असोज, काठमाडौँ ।
नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमका बिच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर , लुका पास्कोतो,पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि कमिटि सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुबेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सचिव रबिन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधी फारिस हदाद जेरोभोसले संयुक्त रुपमा हेल्मेट सार्वजनिक गरे ।

इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइलको सहयोग र वल्र्ड बैंकसंगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसनले सुरक्षित हेल्मेट अभियानको संचालन गर्ने भएको छ । यस अभियान अन्तर्गत नेपालभरी विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरि ३०० बढी युएन मापदण्ड हेल्मेट वितरण गरिने छ ।

कार्यक्रममा विश्व बैंकको तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थ तन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनु पर्ने आवश्यक कदम बारे अवगत गराए । अभियानले नेपालमा बढ्दो दुई पाङ्ग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटना पछि हुने क्षतिलाई न्युनिकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारी चालकलाई सचेतना दिनेछ ।

साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिदै मोटरसाइकल चालक तथा पछाडी बस्ने यात्रुले समेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारलाई दबाब दिने बताइएको छ । कार्यक्रममा FIAद्वारा प्रदान गरिएको युएन मापदण्ड हेल्मेट सार्वजनिक गर्दै विभिन्न लक्षित समुहका प्रतिनिधि सुरक्षित र दीगो यातायात नेपालका हेमन्त तिवारी,अपांग महासंघकि देवु पराजुलीलाई हेल्मेट उपहार प्रदान गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top