बेंगलोरलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्षस्थानमा

९ असाेज, एजेन्सी ।

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ ।

शुक्रबार राती शारजाहमा भएकाे खेलमा जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईका सुरेश रैना १० बलमा २ चौका र १ छक्का सहित १७ रनमा अविजित रहे । कप्तान महेन्द्रसिंह धोनी ९ बलमा २ चौका सहित ११ रनमा अविजित रहे । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ८.२ ओभरमा ७१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

स्पिनर युजभेन्द्र चहलले कप्तान विराट कोहलीबाट ऋतुराजलाई ३८ रनमा क्याच गराउँदै पहिलो सफलता दिलाए । ऋतुराजले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । फाफ डु प्लेसिस २६ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा क्याच आउट भए । डु प्लेसिस ग्लेन म्याक्सवेलको बलमा नवदीप सैनीबाट क्याच हुन पुगे । मोईन अली १८ बलमा २ छक्का सहित २२ रनमा क्याच आउट भए । बेगलोरका हर्षल पटेलले सर्वाधिक दुई विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । बेंगलोरका ओपनर देवदत्त पाडिक्कलले ५० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । कप्तान विराट कोहलीले ४१ बलमा ६ चौका र १ छक्का सहित ५३ रनको योगदान दिए ।

बेंगलोरलाई कोहली र पाडिक्कलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय ११ रनको उत्कृष्ट साझेदारीका साथ सानदार सुरुवात दिलाएका थिए । ड्वेन ब्राभोको बलमा कोहली रविन्द्र जडेजाबाट क्याच आउट भएपछि बेंगलोरले रन बनाउन सकेको थिएन । एवि डिभिलियर्स १२, म्याक्सवेल ११ रनमा आउट भए । एक समय १६.४ ओभरमा १४०-१ को अवस्थामा रहेको बेंगलोर लगातार विकेट गुमाएपछि सस्तैमा समेटिएको थियो ।

चेन्नईका ड्वेन ब्राभोले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शार्दूल ठाकुरले दुई र दीपक चाहरले एक एक विकेट लिए ।

जितसँगै चेन्नई सुपर किंग्स ९ खेलमा ७ जित र २ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ भने हारेकाे रोयल च्यालेन्जर्स बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top