बेलैमा उपचार नपाउँदा बालकको मृत्यु

अछाम: अछामको मंगलसेन नगरपालिका–१३ का ११ महिनाका बालक भूपेन्द्र जनालालाई सुरुमा रुघाखोकी र ज्वरो आयो । नगरको दुर्गम बुडबाडा टोलका सामान्य दलित परिवारले समयमै अस्पताल पुर्‍याउन सकेनन् । भदौ ४ गते जिल्ला अस्पताल भर्ना भएका बालकको बुधबार मृत्यु भएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले भूपेन्द्रका बुवा नैने रोजगारीका लागि भारत गएका थिए । आमा चम्फाले रोग र कुपोषणले ग्रस्त छोरालाई न स्वास्थ्य चौकीमा समयमै लगिन् न त बाडास्थित सहरी स्वास्थ्य क्लिनिकमा नै पुर्‍याइन् ।

बच्चाको अवस्था नाजुक हुँदै गएपछि आफन्तले जिल्ला अस्पताल लैजान सुझाएका थिए । ‘छोरा बिरामी भएको खबर श्रीमानलाई पु¥याउन पनि निकै समय लाग्यो । गाह्रो हुन थालेपछि नातागोतासँग ऋण मागेर १० घण्टा लगाएर जिल्ला अस्पताल पुर्‍याए,’ चम्फाले भनिन्, ‘अस्पताल पुर्‍याउने बित्तिकै डाक्टरले यहाँ उपचार सम्भव छैन, धनगढी, नेपालगन्जको राम्रो अस्पताल लैजान भने । बाहिरका अस्पतालमा लैजान एक्लै सकिनँ ।’

ठूला अस्पतालमा लैजान नसक्ने बताएपछि जिल्ला अस्पतालमै भर्ना गरेको उनले बताइन् । बाहिर लैजान उनीसँग अर्थ अभाव थियो भने साथमा सहयोगी पनि थिएनन् । ‘राम्रो उपचार नपाउँदा मेरो कोख नै रित्तियो,’ उनले आँशु झार्दै भनिन् ।

धेरै दिनसम्म छोरा निको नभएपछि घर फर्किएका नैनेले उपचारका लागि उतै लैजाने सोच पनि बनाएका थिए । तर, उनी फर्के लगत्तै छोराको मृत्यु भएको हो । ‘गरिबी नै ज्यानमारा भयो, समयमा उपचार गराउन सकिएन,’ उनले भने । कडा निमोनिया र कुषोषणका कारण फोक्सोमा संक्रमण हुँदा बालकको ज्यान गएको जिल्ला अस्पतालकी सूचना अधिकारी गंगा बुढामगरले बताइन् ।

‘हामीले थप उपचारका लागि धनगढी रेफर गरेका थियौं । बच्चाका साथमा आमा मात्रै थिइन् । उनले बाहिर लैजान सक्दैनौं भनेपछि अस्पतालमा भर्ना गरेर सक्ने जति उपचार गरेका हौं । तर बचाउन सकिएन,’ उनले भनिन्, ‘समयमै राम्रो ठाउँमा पुर्‍याउन नसकेका कारण बालकले ज्यान गुमाउनु पर्‍यो ।’

दुर्गम बस्तीमा रोग्रप्रतिको लापरबाही र समयमा उपचार नपाएर भूपेन्द्रजस्तै धेरैले अकालमा ज्यान गुमाउनु परेको यो पहिलो उदाहरण भने होइन । ‘गाउँमा महिला स्वास्थ्य स्वयंसेविकाले कुपोषणबाट बच्ने उपायबारे जानकारी दिएकै छन्,’ वडाध्यक्ष प्रेम थापाले भने, ‘बिरामी भएमा स्वास्थ्य संस्था लैजान पनि सल्लाह दिइराख्छन्, तर बच्चाको स्वास्थ्यमा अभिभावकले ध्यान नदिएको पाइन्छ ।’

मंगलसेन नगरपालिका–७ की सेतु जैसीका ३ वर्षीय छोरा चार दिनदेखि उपचाररत छन् । रुघाखोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उनले छोरालाई जिल्ला अस्पताल मंगलसेन ल्याएकी थिइन् । हरेक बिहान–साँझ छोरालाई बाफ दिन स्वास्थ्यकर्मीले सुझाएका छन् । अस्पतालमा राखेर उपचार गरेपछि बच्चालाई केही सहज भएको छ । ‘निमोनिया देखिएको छ । डाक्टरले छाती खराब छ भन्छन् । सञ्चो हुन्छ कि हुँदैन भन्ने चिन्ता छ,’ उनले भनिन् ।

१५ शय्याको जिल्ला अस्पतालमा शुक्रबार ४७ जना बिरामी भर्ना गरिएको सूचना अधिकारी बुढामगरले बताइन् । तीमध्ये २५ जना निमोनिया भएका बालबालिका छन् । ‘बिरामीको चाप बढेर सेवा दिन कठिन भएको छ,’ उनले भनिन्, ‘जिल्ला अस्पतालमा ठाउँ नभएर बिहीबार निमोनिया भएका तीन बालबालिकालाई बयलपाटा अस्पताल रेफर गरेका छौं । एकै बेडमा दुई जना बिरामी राखेर उपचार भइरहेको छ ।’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top