भारतबाट छिट्टै खोप आउने

काठमाडौँ : नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ ।

भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको जानकारी दिँदै भन्नुभयो, “अब छिट्टै खोप आउने जानकारी प्राप्त भएको छ । ” विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्येको भारतले कोभिडविरुद्धको कोभिसिल्ड खोप अन्य देशमा लैजान रोक लगाएपछि नेपाललगायतका अन्य विकासोन्मुख देशलाई कोभिसिल्डको दोस्रो खोप लगाउन समस्या भएको थियो ।

१० लाख खोप खरिदका लागि नेपालले पहिल्यै भुक्तानी दिए पनि भारतले खोप दिन सकेको थिएन । भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले भारतले विश्वलाई खोपमा मद्दत गर्ने र कोभ्याक्सअन्तर्गतको जिम्मेवारी बहन गर्ने बताउनुभएको थियो ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आगामी अक्टोबरभित्र खोप आउने सम्भावना रहेको बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top