३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

१० असोज, काठमाडौं ।

जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ शुरु भएको छ । आइतबार बिहान जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणलाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ भइरहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिए । उनले आज हुने सुनुवाइ भने अन्तिम नभएको बताए ।

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा ३८ क्विन्टल सुन तस्करी प्रकरण बाहिर आएको थियो ।

तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्कर समूहको यातनाका क्रममा शाक्यको मृत्यु भएको थियो । शाक्यको २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा मृत्यु भएको थियो । शाक्यको हत्याको अनुसन्धानका क्रममा सुन तस्करीको र्याकेट पत्ता लागेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.