×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

पाँच ‘स’को सपना बोकेका बाबुरामको राजनीतिक यात्रास् : वर्षमा चार पार्टी

१० आश्विन २०७८

१० असोज, काठमाडौं ।

जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६ वर्ष पूरा भएको छ ।

Advertisement
Advertisement

संविधान जारी भएपछि मधेसमा विरोध प्रदर्शन भइरहेका बेला भट्टराईले ९ असोज २०७२ मा पत्रकार सम्मेलनमार्फत् एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए ।

उनले एमाओवादी मात्र त्यागेनन्, तीन दशक लामो पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको राजनीतिक सहयात्रा पनि तोडे । संविधान घोषणा भएकै दिन संविधानसभा बैठकबाट बाहिरिँदा ‘अपूर्ण संविधान’ जारी गरेको बताएका उनले पाँच ‘स’लाई आत्मसात् गर्दै एमाओवादी त्यागेका थिए ।

उनले पाँच ‘स’ शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादी आफ्नो आगामी राजनीतिक एजेन्डा रहने बताएका थिए ।एमाओवादीसँगै उनले संविधानसभा सदस्यबाट पनि राजीनामा दिएका थिए । गोरखा १ बाट प्रत्यक्ष निर्वाचित भट्टराईले एमाओवादीसहित संसद् सदस्यबाट राजीनामा दिएका थिए ।

भट्टराईको राजीनामा तुरुन्तै स्वीकृत

ललितपुरको सानेपामा बस्दै आएका भट्टराईले आफ्नो राजीनापत्र बोकाएर सुरक्षाकर्मीलाई प्रचण्ड निवास लाजिम्पाटमा पठाएका थिए । तर, प्रचण्ड भने सर्वदलीय बैठकमा सहभागी हुन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थिए ।

भट्टराईले राजीनामा दिन लागेको कुरा बालुवाटारसम्म पुग्यो । यसपछि संविधानसभा (व्यवस्थापिका संसदका सभामुख) अध्यक्ष सुवास नेम्वाङ संविधानसभा भवन नयाँ बानेश्वर पुगे ।

त्यहीँ पुगेका भट्टराईले संसद् सदस्यबाट राजीनामापत्र बुझाए । संविधानसभा अध्यक्ष नेम्वाङले तुरुन्तै स्वीकृत गरे । यसरी भट्टराई एकीकृत माओवादीसँग उनको सम्बन्ध टुटेको थियो ।

पाँच वर्षमा चार पार्टी

संविधानसभाबाट संविधान जारीसँगै डा. भट्टराई चार पार्टीमा आबद्ध भए । संविधान जारी गर्दा एकीकृत माओवादीमा रहेका उनले ९ असोज २०७२ मा सो पार्टी त्यागे । जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल स्थापना गरे । पछि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भयो ।

Advertisement

भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल गठन गरेका थिए । पछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकता भयो । यी दुई पार्टीबीचको एकतापछि जनता समाजवादी पार्टी नेपाल गठन गरियो । अहिले भट्टराई अहिले जसपाको संघीय परिषद् अध्यक्ष छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top