एशियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत

९ असोज ७८, आइतबार

१० असोज, काठमाडौं ।

अफगानिस्तानको नवगठित तालिबानी प्रशासनले संयुक्त राज्य अमेरिकाले एशियाली देशमा मानवीय सहायता प्रवाह गर्ने कदमको स्वागत गरेको छ ।

यहाँको परराष्ट्र मन्त्रालयका प्रवक्ता अब्दुल कहार बल्खीले आइतबार जनाएअनुसार “अफगानिस्तानको इस्लामिक इमिरेट्सको विदेश मामिला मन्त्रालयले अमेरिकी सरकारी निकायहरूलाई अन्तरराष्ट्रिय र गैरसरकारी संस्थासँगै बैंकहरूले खाना र औषधिको प्रवाहलाई सहज बनाउनका लागि अनुमति दिने पछिल्लो निर्णयको स्वागत गरेको छ ।”

Advertisement

अफगानिस्तानले अमेरिका र अन्य अन्तरराष्ट्रिय संगठनहरू सहित सबै देशहरू अफगानिस्तानको नयाँ सरकारसँग सम्बन्ध स्थापित गर्दै अफगानी जनतालाई मानवीय सहायता प्रदान गर्ने कार्यमा सहयोगी हुने अपेक्षा पनि गरेको छ।

तालिबानी काम चलाउ सरकारका कार्यबाहक परराष्ट्रमन्त्री अमीर खान मुत्ताकीले अफगानिस्तान छिमेकी लगायत सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् ।

Advertisement

यसै बीच अमेरिकाले शुक्रबार लाइसेन्स जारी गर्दै अमेरिकी सरकार, गैरसरकारी संस्थाहरू र अन्य केही अन्तरराष्ट्रिय संगठनहरूलाई अफगानिस्तानलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको छ।

यस महिनाको शुरुमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तानमा पूर्ण आर्थिक पतनको सम्भावना “गम्भीर” रहेको चेतावनी दिदै अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउन अन्तरराष्ट्रिय समूदायलाइ आग्रह गरेका थिए ।

उनले अफगानिस्तानको लागि १.२ बिलियन अमेरिकी डलर राहत दिने वाचा गर्ने देशहरूलाई छिटो कदम चाल्न समेत आग्रह गरेका थिए भने तालिबानी अधिकारीहरूले उक्त सहायता पारदर्शी ढङ्गले लक्ष्यित समूहमा पुर्याउँने प्रदिबद्धता पनि व्यक्त गरेका थिए । रासस÷सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top