दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

१० असोज, काठमाडौं ।

यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने भएको छ।

अनलाइन प्रणालीमा गएकाहरूको अनलाइन र नगएकाहरूको टिकट काउन्टरमै पुगेर बुकिङ गर्न सकिने विभागका सूचना अधिकारी डा लोकनाथ भूसालले जानकारी दिए।

Advertisement

विभागले गएको वर्षदेखि नै लामो दूरीका बस सेवा सञ्चालकलाई अनलाइन बुकिङ प्रणालीमा आउन आग्रह गरेको थियो। तर, कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रका बाहेक अनलाइन प्रणालीमा आइनसकेको उनले जानकारी दिए।

डा भूसालले भने, ‘यसपल्ट पनि पूर्ण अनलाइन प्रणालीमा जान सकिएन। त्यसैले भीडभाड नगरी बुकिङ सेवा प्रदान गर्न यातायात व्यवसायीलाई निर्देशन गरिएको छ।’

Advertisement

यसपालिको दशैं असोज २१ गतेदेखि सुरु हुँदैछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top