२४ घण्टामा थप ८३४ जनामा कोरोना पुष्टि, १२७९ जना संक्रमणमुक्त

१० असोज, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५८९ र एन्टिजेन विधिबाट ५ हजार १४७ जनामा परिक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९१ हजार ३९२ र एन्टिजेनबाट ९० हजार ५४७ जना पुगेको छ ।

Advertisement

यस्तै, आज थप १२७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ जना पुगेको छ । निको हुने दर ९६.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ९६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top