१० देशका राजदूत पोखरामा, अमेरिका र चीनका आएनन्

९ असोज ७८, आइतबार

१० असोज, पोखरा ।

कोभिडले थलिएको छ, पर्यटन । एकातिर भ्याक्सिन अभाव, अर्कोतिर ऋणको भार । व्यवसायी डेढवर्षदेखि टाउको उठाउन सकेका छैनन् । कोभिडकै बीचबाट पोखराले ४१औं विश्व पर्यटन दिवस मनाउन लागेको छ ।

पोखराको लेकसाइड क्षेत्रमा मिनी स्ट्रिट फेस्टिभल पनि सञ्चालन हुँदैन । संकटको बीचबाट मनाउन लागिएको विश्व पर्यटन दिवस, यसपालि पोखरा र आसपासको पर्यटनका लागि उत्साहपूर्ण हुने भएको छ ।

Advertisement

पर्यटन दिवस मनाउनका लागि विभिन्न १० देशका राजदूत र प्रतिनिधिहरु पोखरा आएका छन् । राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ जनाको टोली एकैपटक पोखरा ओर्लिएको हो ।

उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीलगायतले पोखरा विमानस्थलमा स्वागत गरेका छन् ।

Advertisement

गण्डकी प्रदेश सरकारको पहलमा कतार, साउदी अरेबिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, जर्मनी, मलेसियालगायत देशका राजदूत पोखरा आएका हुन् ।

लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन उकास्न यो भ्रमणको आयोजना गरिएको हो । ‘पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश जान्छ ।

उहाँहरुले आफ्नो देशमा आफू घुमेको ठाउँबारे बताउनुहुन्छ,’ पर्यटन बोर्डका पोखरा प्रमुख भण्डारीले भने, ‘पोखराका लागि यो एउटा महत्वपूर्ण कार्यक्रम हो ।’

जर्मनी, श्रीलंका, दक्षिण कोरिया, मलेसियाबाट धेरै पर्यटक पोखरा घुम्न आउँछन् । २ दिनसम्म पोखरा घुम्ने राजदूतको टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रिभोज आयोजना गर्दैछ ।

यस्तै, सोमबार बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । उनीहरु कास्कीको नाउँडाडा हुँदै लञ्चको लागि सराङकोट पुग्ने छन् ।

सोमबार पर्यटन दिवससमेत परेकोले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाको टोलीले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्नेछन् । भोलि साँझ उनीहरुलाई वाराहीचोकमा तालबाराही मन्दिरको आरती देखाइने छ ।

सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सरिक पछि बुम¥याङ रेष्टुरेण्टमा डिनर हुनेछ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन दिवसमा आयोजित सो कार्यक्रमले पोखराको अन्तर्राष्ट्रिय बजार विस्तार हुने विश्वास लिए । यसअघि अमेरिका र चीनका राजदूतसमेत आउने बताइएको थियो । तर उनीहरु कार्यक्रममा नआउने भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top