×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

भौतिक पूर्वाधारले जाजरकोटमा बनायो १६५ किलोमिटर सडक

१० आश्विन २०७८

१० असोज, जाजरकोट ।

भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटले १६५ किलोमिटर सडक निर्माण गरेको छ ।

Advertisement
Advertisement

जिल्लाका रणनीतिक सडकलाइ निर्माण कार्य जारी राखेको पूर्वाधार कार्यालयले यो आर्थिक वर्षमासमेत निरन्तरता दिने छ ।

कच्ची कडान गरी हलुका साधनहरु सञ्चालन समेत भइरहेको पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए । उनका अनुसार कचाली – गुराँसे – धरमपोखरा सडक निर्माण कार्य जारी रहेको छ ।

पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रुपमा रहेको छिन्चु – जाजरकोट सडक खण्डसँग जोडिएको मोर्क – स्यापि – सिस्ने – नेपा हुँदै कचाली जोड्ने सडकको काम समेत जारी रहेको छ । आन्तरिक सडक मध्य लिर्ता – कार्किगाउँ – मछाईना सडकको निर्माण चलिरहेको प्रमुख कार्कीले बताए ।

त्यस्तै, आन्तरिक सडकमध्यकै साइलेख साँघु – रावतगाउँ – ध्यारगाउँ सडकसमेत निर्माणको चरणमै रहेको उनले बताए । जिल्लाको सबैभन्दा रणनीतिक सडकमध्ये रहेको र जुम्लासँग जोड्नका लागि निर्माण थालिएको पाँचकाटिया – फुल्चाउली – कयाल्दापाखा – बारेकोट – चाखुरे – जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ । कच्ची कटान भएका सडकमा अहिले हलुका सवारी साधनसमेत सञ्चालनमा रहेका छन् ।

त्यस्तै जुम्ला जोड्नका लागि अर्को सडक जाजरकोट – कुशे – चाल्ना – व्याउली – जुम्ला सडकको समेत काम चालु अवस्थामा रहेको छ । पर्यटकीय स्थल पाँचकाटिया हुँदै पिउली – नेटीलेक सडडको कच्ची कटान भइरहेको छ । प्रदेशले जिम्मा लिएका सडकमा काम भारी मात्रामा भइरहेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताए ।

’जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा हुँदै सबै गाउँमा बिना प्रभाव सडक लिने हाम्रो योजना हो,’ प्रदेशसभा सदस्य सिंहले भने, ’त्यो काम यो वर्षसमेत जारी रहन्छ ।’

गाउँ तथा बस्तीमा सडक नलिई अन्यत्रबाट मोड्दा गाउँका कृषकहरुले दुःख पाउने उनले बताए । ’हामीले उत्पादन गरेका सामग्रीलाई बजारसम्म लिन पनि गाउँमा सडक पु¥याउनु पर्ने बाध्यता रहेको छ,’ उनले भने ।

कुशे गाउँपालिकाको दम्दालामा उत्पादन गरेका कृषिजन्य वस्तु, नलगाडको मह, बारेकोटको गाभा लगाएका वस्तुहरु निर्यात गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत प्रदेशबाट सञ्चालनमा भएका विभिन्न कार्यक्रमबाट आर्यआर्जनका भारी कार्यक्रम भएकाले बजारीकरण मुख्य विषय बन्दै गएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए ।

त्यस्तै स्थानीय तहलेसमेत सडक निर्माणलाई महत्व दिँदै आएका छन् । हामीले सबै पालिकामा सडक कति निर्माण भयो भनि सोधेको प्रश्नमा नलगाड नगरपालिकाबाहेक अन्य स्थानीय तहले विवरण दिन सकेका छैनन् ।

Advertisement

नलगाड नगरपालिकाले आर्थिक वर्ष २०७७ ÷७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्याक औपन २६ किलोमिटर रहेको सव इन्जिनियर जनक खड्काले बताए ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top