क्यानाडामा फुड प्याकेजिङको काम लगाइदिने भन्दै ठगी गर्ने पक्राउ

१० असोज ७८, सोमबार

१० असोज, काठमाडौं ।

क्यानाडामा फुड प्याकेजिङमा काम लगाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले ठगीको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र मोरङकै सुनबर्षी नगरपालिका–८ का ३७ वर्षीय प्रवेज आलम छन्।

Advertisement

उनीहरुले झापाको कमल गाउँपालिका–६ घर भएका आशिष काफ्लेलाई क्यानाडामा फुड प्याकेजिङको काम लगाइदिने भन्दै तीन लाख रुपैयाँ लिइ ठगी गरेका थिए।

’करिअर अपरच्युनिटी अर्जेन्ट निड इन इडन सोलुसन क्यानाडा’ भन्ने फेसबुक पेज बनाएर उनीहरुले ठगी गर्दै आएको महाशाखाले जनाएको छ।

Advertisement

उक्त पेजमा ह्वाट्स एप नम्बरसमेत राखिएको थियो। काफ्लेले उक्त ह्वाट्स एप नम्बरमा सम्पर्क गर्दा उनीहरुले मासिक दुई लाख २५ हजार तलब हुने भन्दै फुड प्याकेजिङमा काम गर्नुपर्ने बताएका थिए। त्यसका लागि चार लाख खर्च लाग्ने उनीहरुले बताएका थिए।

त्यसबापत् काफ्लेले सुरुमा तीन लाख रुपैयाँमा आईएमईमार्फत् बुझाएका थिए। त्यसपछि उनीहरु सम्पर्कविहीन भएपछि काफ्लेले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top