×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

स्थानीय तहका अधिवेशन सम्पन हुँदै

११ आश्विन २०७८

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि भएका विभिन्न कार्यसमिति निर्वाचनमा मिश्रित परिणाम आएको छ । धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षका सभापति उम्मेदवार श्याम पोखरेल र उनको प्यानल विजयी भएको छ ।

संस्थापन पक्षका किशोर राईलाई हराउँदै पोखरेल निर्वाचित भएका हुन्। उपसभापतिमा पनि पौडेल निकट प्रवीण राई निर्वाचित भएका छन् । सचिवमा पनि पोखरेलको प्यानलका उम्मेदवार हिमाल श्रेष्ठ विजयी भएका छन् । सहसचिव पदमा पनि पोखरेल प्यानलबाटै युनेश राना र शीला बज्रचार्य विजयी भएका छन् ।

Advertisement
Advertisement

जुम्लाका चार स्थानीय तहमा छानिए सभापति

कांग्रेस जुम्लाले चार वटा स्थानीय तहमा सभापतिको टुंगो लगाएको छ । जिल्लाको कनकासुन्दरी, हिमा, सिँजा र गुठिचौर गाउँपालिकामा सभापति टुंग्याएको हो । कनकासुन्दरीमा लालु बुढा, सिँजामा गोविन्द शर्मा, गुठिचौरमा टेकबहादुर भण्डारी र हिमा गाउँपालिकामा नरबहादुर शाही सभापति बनेका हुन् ।

चन्ददननाथ नगरपालिकासहित तीन गाउँपालिकामा सभापति चयन प्रक्रिया जारी रहेको जुम्लाका सभापति दीपबहादुर शाहीले जानकारी दिए । ‘चारवटा स्थानीयतहमा सर्वसहमति गरेर सभापति टुंगियो,’ सभापति शाहीले भने, ‘बाँकी चार स्थानीयतहमा नेतृत्व छान्ने प्रयास जारी छ । सबै पालिकामा सर्वसहमतिको लागि पहल भइरहेको छ ।’

जिल्लाको चन्दननाथ नगरपालिकामा भने निर्वाचन प्रक्रिया सुरु भएको छ । नगर सभापतिमा सहमपति हुन नसक्दा निर्वाचनमा जानु परेको कांग्रेसले जनाएको छ । यहाँ देउवा पक्षबाट अंगराज चौलागाई र रामचन्द्र पौडेल पक्षबाट रवी थापा सभापतिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुई उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ ।

देउवा पक्षबाट जयवहादुर रावल र नितेश शाही तथा पौडेल पक्षबाट अंगिता खत्री र धर्मराज देवकोटाको उम्मेदवारी परेको कांग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले जानकारी दिए । जुम्ला सभापति दीपबहादुर शाही जिल्लाका अन्य स्थानीयतहमा पनि सहमति जुटाउने प्रयास भइरहेको बताए । उनले भने, ‘अहिले प्रतिस्प्रर्धी बीचमा छलफल भइरहेको छ । सकभर सहमति हुने अपेक्षा गरिएको छ । सहमति हुन नसकेको खण्डमा निर्वाचन गराएर पनि गाउँपालिकाको सभापति चयन हुनेछ ।’

उदयपुरका आठओटै स्थानीय तहमा नगर अधिवेशन सम्पन्न

उदयपुरका आठ वटै स्थानीयतहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लाका चार नगरपालिका र चार गाउँपालिका सबैमा कतै निर्विरोध त कतै चर्को प्रतिस्पर्धाका साथ शनिबार अधिवशेन सम्पन्न भएको हो ।

पार्टी जिल्ला कार्यालयका अनुसार यसअघि वडा अधिवेशन सकेर नगर तथा गाउँ अधिवेशनमा होमिएको पार्टीमा पूर्व सभापति हिमाल कार्की र वर्तमान सभापति बिदुर बस्नेत प्यानल भएर दुई खेमाका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । कार्की र बस्नेत दुवैले आउँदो जिल्ला अधिवेशनमा सभापतिको दावेदारी घोषणा गरिसकेका छन् । कार्की खेमालाई उदयपुर प्रतिनिधिसभा १ नं. का संघीय सांसद तथा नवनियुत्तः परराष्ट्रमन्त्री डा. नारायण खड्को पनि सहयोग रहेको छ ।

शनिबार सम्पन्न चार नगरपालिका र दुई गाउँपालिकामा शान्तिपूर्वक मतदान सम्पन्न भएर समिति चयन भएको पार्टीले जनाएको छ । जसमध्ये बेलकामा सभापतिमा अशोक कार्कीको प्यानलै जितेको छ । त्यसैगरी चौदण्डीगढी नगर सभापतिमा कार्की पक्षकै राजेन्द्र पौडेलको प्यानल जितेको छ ।

उनले बस्नेत प्यानलका रामकुमार खड्कालाई पराजित गर्दै सभापति जितेका हुन् । यता त्रियुगा नगरपालिकामा पनि कार्की प्यानलकै प्रकाश खड्का सभापतिसहित ७ सदस्यीय समितिमा ४ जना जितेका छन् । बाँकी ३ जना भने बस्नेत प्यानलका उम्मेदवारले जितेका छन् ।

गाउँपालिकातर्फ रौतामाईमा बस्नेत प्यानलकै घमानसिंह थापामगरले सभापति जितेका छन् । ताप्ली र उदयपुरगढी गाउँपालिकामा भने सभापतिलगायत अन्य पदाधिकारी निर्बिरोध चयन भएको पार्टीले जनाएको छ ।

उदयपुरगढी गाउँ सभापतिमा यमबहादुर पाण्डे र ताप्ली गाउँ सभापतिमा दिपबहादुर रास्कोटी ठकुरी निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस गाउँ नगर अधिवेशनमा सबभन्दा बढी मतदाता सदरमुकाम त्रियुगामा र कम ताप्ली र लिमचुङबुङमा रहेको पार्टीले जनाएको छ । नगर÷गाउँ अधिवेशन सकिएपछि अव क्षेत्रीय अविधेशनको तयारीमा पार्टी लाग्ने जिल्ला सभापतिका आकांक्षी हिमाल कार्कीले बताए ।

आसन्न महाधिवेशनका लागि जिल्ला सभापतिमा बस्नेत र कार्की दुवैले दावी नछाडेपछि नयाँ पुस्ताका उम्मेदवारहरू सबै पछि हटेका छन् । यसअघि बसन्त बस्नेतले सभापतिको उम्मेदवारी घोषणा गरे पनि एकै परिवारभित्रका हालका सभापति विदुर बस्नेतले दाबी नछाडेपछि बसन्त पछि हटेर २ नं. प्रदेश १ (ख) बाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् ।

रूपन्देहीका १६ पालिकामा निर्वाचन सम्पन्न

रूपन्देहीका १६ वटा पालिकामा नेतृत्व चयन भएको छ । जिल्लाका पाँच पालिकामा निर्विरोध नेतृत्व चयन भयो भने बाँकीमा निर्वाचित नेतृत्व आएको छ । अधिकांश पालिकामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानल नै खडा गरी चुनाव भएको थियो ।

जिल्लाका धेरैजसो पालिकामा देउवा समूहका उम्मेदवारहरू निर्वाचित भएका छन् । छ वटा नगरपालिकामध्ये चारमा देउवा पक्षको प्यानलको जित भएको छ भने दुइ वटामा पौडेल पक्षको प्यानलको जित भएको छ । केही पालिकामा मतदाताले गुट भन्दा व्यक्ति हेरेर मत दिएकाले पदाधिकारीमा दुवै पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।

बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे भारी मतले विजयी भएका छन् । बुटवलमा पौडेल पक्षबाट पाण्डे र देउवा पक्षबाट रिता केसी चुनावी मैदानमा थिए । पाण्डेकै प्यानलबाट उसभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भएका छन् । सचिवमा गंगा पन्थी र छायाँ पोखरेल विजयी भए । सहसचिवमा गणेश घिमिरेले र देवराज अर्गली विजयी भए । सहसचिवमा निर्वाचित घिमिरे केसीको प्यानलका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा देउवा पक्षका हरिलाल पाण्डेसहित प्यानल विजयी भएको छ । उपसभापतिमा कल्याण पौडेल र माया चौधरीर सचिवमा प्रदीप थापा र हुमप्रसाद पौडेल, सहसचिवमा रमेश पराजुली र दीपक थापा निर्वाचित भए ।

सिद्धार्थनगर नगरपालिकाको सभापतीमा कोशिश खड्कासहित पदाधिकारीमा उनकै प्यानल विजयी भयो । भैरहवामा देउवा पक्षबाट खडका र पौडेल पक्षबाट सन्जीव शर्मा रेग्मीको प्यानल चुनावी मैदानमा थियो। उपसभापतिमा देवराज न्यौपाने र किरण कुमार घिमिरे, सचिवमा अनिलकुमार केसी र हरिमाया गुरुङ, सहसचिवमा आदर्श गुरुङ र कुष्ण कुमार चाइ विजयी भए ।

देवदह नगरपालिकाको सभापतिमा खुनाखर भुर्तेल निर्वाचित भएका छन् । मा भुर्तेलकै प्यानलका प्रमोद खनाल निर्वाचित भएका छन् । अर्को उपसभापति देउवा पक्षबाट अमर लामिछाने, सचिवमा पौडेल पक्षका गणेश तिमिल्सिना र देउवा पक्षका नेत्रलाल रिजाल, सहसचिवमा पौडेल पक्षका मिलन मास्के राना र बैरागी थारू विजयी भए ।

सैनामैना नगरपालिकाको सभापतिमा रणबहादुर खनाल विजयी भए । खनाल देउवा गुटकै नेता भरत शाह पक्षका हुन् । खनालकै प्यानलबाट उपसभापतिमा लक्ष्मी आर्चाय पौडेल र लोकमणि भट्टराई, सचिवमा अर्जुन पौडेल र कृष्ण कँडेल विजयी भए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा देउवा पक्षकै मोहम्मद सइत खाँन सर्वसम्मत भए । मा बृजेस चौरासीया र राधेश्यम गुप्ता, सचिवमा प्रेमबहादुर त्रिपाठी र राजन उपाध्याय, सहसचिवमा धर्मेन्द्र कुमार शर्मा र विजय पासवान सर्वसम्मत भएका छन् ।

जिल्लाका पाँच वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाँउपालिका, कोटहीमाइ गाँउपालिका, ओमसतीया गाँउपालिका र मर्चवारी गाँउपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

गैडहवा गाँउपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाइको सभापतिमा अवधराम यादव, ओमसतीयाको सभापतिमा भगवानप्रसाद चौधरी र मर्चवारी गाँउपालिकाको सभापतिमा जनार्दन यादव निर्विरोध निर्वाचित भएका छन् । कञ्चन गाँउपालिका सभापतिमा देवीराम निर्वाचित भए । रोहीणी गाँउपालिकाको सभापतिमा तारकनाथ योगी, मायादेवी गाँउपालिकामा पदम भण्डारी, सियारीमा गोपाल पाण्डे, शुद्धोधनमा दामोदर पौड्याल, सम्मरीमाइमा रमेश यादव विजयी भएका हुन् ।

गोरखामा छ वटामा सर्वसम्मत पाँचमा चुनाव

गोरखामा सम्पन्न अधिवेशनले छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन भएको छ । गोरखा नगरपालिकाको नगर कार्यसमितिको सभापतिमा चन्दनबाबु खत्री निर्वाचित भएका छन् ।

पालुङटार नगरपालिकाको नगर सभापतिमा विमल ढकाल निर्वाचित भएका छन् । यस्तै चुमनुब्री गाउँपालिका सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भए । उनी अहिले उक्त गाउँपालिकाको अध्यक्ष पनि हुन् ।

आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उनी जिल्ला समन्वय समितिका सदस्य पनि हुन् । सहिदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अमगाई सर्वसम्मत चयन भएका छन् । गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । उनी गाउँपालिका अध्यक्ष हुन् । बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । उनले केसरी ढकाललाई पराजित गरेका हुन् ।

Advertisement

सिरानचोक गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा भक्तबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top