तालिवान सरकारले सार्वजनिक स्थलमा लास झुण्ड्यायाे

११ असोज ७८, सोमबार
Share this
792shares

११ असाेज, एजेन्सी।

Advertisement

तालिवान सरकारले अफगानिस्तानको पश्चिमी शहर हेरातको एक सार्वजनिक स्थलमा अपहरणकारीको अभियोग लगाइएका चारजना पुरुषको लास झुण्ड्याएको छ ।

अलोकप्रिय तालिवान समूहले अंगभंग गर्ने र मृत्युदण्ड दिनेजस्ता कडा सजायलाई पुनः कार्यान्वयनमा ल्याइने बताएको भोलिपल्टै यसरी भयावह तरिकाले लास प्रदर्शन गरिएको हो । सबैलाई चेतावनी दिने उद्देश्यले यो कदम उठाइएको हुनुपर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Advertisement

एकजना स्थानीय सरकारी अधिकारीका अनुसार एकजना व्यापारी र उनका छोेरालाई अपहरण गरेको भनिएका तिनीहरू तालिवान लडाकुसँगको गोली हानाहानमा मारिएका थिए ।  एउटा लास शहरको मध्य भागमा एउटा क्रेनमा झुण्ड्याइएको एसोसिएटेड प्रेसले पुष्टि गरेको छ ।

एकजना स्थानीय पसले वाजिर अहमद सिद्धिकीले चारवटा लास ल्याइएको र एउटा त्यहाँ क्रेनमा झुण्ड्याएर बाँकी तीनवटा लास अन्य चोकतर्फ लगिएको बताएका छन् ।

Advertisement

सामाजिक सञ्जालमा राखिएका तस्विरहरूमा एउटा पिक अप भ्यानमा रक्ताम्य लास राखिएको र एउटा लास क्रेनमा झुण्ड्याइन लागेको देखिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top