११ असाेज, काठमाडौं ।
आजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौंका १४ स्थानमा हेल्प डेस्क स्थापना गरी टिकट लिन र यात्रु छुट्ने व्यवस्था गरिने छ ।
यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि यातायात व्यवस्था विभागले बिहिबार असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो । यसैबीच सरकारले सार्वजनिक सवारीको भाडादरसमेत सार्वजनिक गरिसकेको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नाडा (नाडा) सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क पनि राखेको छ ।