ईपीएल : काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स तथा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीचको खेल आज

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्स भिड्ने छन्। यो खेल बिहान ९ः३० बजे सुरु हुनेछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जित निकाल्न चाहन्छ। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो।

पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी सम्मिलित काठमाडौं बलियो छ। दुई खेलका लागि काठमाडौं आएको अफ्रिदीको आजको खेल अन्तिम हो।

करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ। विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो।

सोमबारको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स खेल्नेछन्। भैरहवा र चितवनबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा पहिलो जितको खोजीमा छ । वर्षाका कारण आइतबारको पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो।

चितवन लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई पराजित गरेको थियो।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top