गरिबी निवारण कोषको भ्रष्टाचार मुद्दा : पाँच वर्षपछि अन्तिम सुनुवाइको तयारी

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७३ वैशाख ५ मा गरिबी निवारण कोष काठमाडौंका ३६ जना कर्मचारीविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले अन्तिम सुनुवाइको तयारी थालेको छ।

अख्तियारले आर्थिक वर्ष २०६६÷६७ पछिका तीन आर्थिक वर्षमा कोषको रकम भ्रष्टाचार भएको भन्दै चार करोड ३४ लाख ८७ हजार ९०० रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा विशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा आइतबार पेसी थियो। तर, सुनुवाइ सम्भव नभएपछि इजलासले बहस नोट माग्ने आदेश गरेको छ।

उक्त मुद्दा पाँच वर्षसम्म थुनछेकदेखि अन्य सुनुवाइमै अल्झेको थियो। विशेषमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा फैसलाको अन्तिम सुनुवाइ हुन सकेको थिएन।

अब अन्तिम सुनुवाइका लागि विशेषले आइतबार बहस नोट माग्ने आदेश दिएको हो। विशेषमा ६ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल दुई जना मात्र छन्। भ्रष्टाचारका मुद्दा ६ महिनामा टुङ्ग्याउनुपर्ने कार्यविधि छ।

विशेषमा अहिले अध्यक्ष समेत छैनन्। विशेष अदालत ऐनमा अध्यक्षसहित तीन जनाको इजलासले मुद्दाको सुनुवाइ गर्नुपर्ने उल्लेख छ। तर, न्यायाधीश नुहँदा ऐनको प्रावधान उल्लंघन भइरहेको छ।

दुई जना न्यायाधीशले एक दिनमा चारदेखि पाँच थान मुद्दाको मात्र सुनुवाइ हुने गरेको छ। आइतबार १० थान मुद्दाको पेसी चढेको थियो।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top