धनकुटा कांग्रेसको पालिका अधिवेशनमा पौडेल पक्ष बलियो

१० असोज ७८, सोमबार

११ असोज, धनकुटा ।

Advertisement

नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा सभापति शेरबहादुर देउवा भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।

धनकुटाका सात स्थानीय तहमा पौडेल समूहले चार र देउवा समूहले दुई ठाउँमा नेतृत्व लिएको छ । एक स्थानीय तहमा अधिवेशन नै स्थगित भएको छ। ६ स्थानीय तहमा सम्पन्न अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत भएको छ भने दुई स्थानीय तहमा निर्वाचन भएको थियो।

Advertisement

सर्वसम्मतबाट विजयी हुनेमा साँगुरीगढी गाउँपालिका नेपालधन राई र छथर जोरपाटी गाउँपालिकाका छत्र सुब्बा पौडेल समूहका हुन। यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुबराज राया र चौविसे गाउँपालिकाका गुणराज राई पनि पौडेल समूहका हुन् ।

सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकामा प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई भने देउवा समूहका हुन्।

Advertisement

देउवा पक्षमै भिडन्त

सर्वसहमतिका लागि भन्दै पटक–पटक निर्वाचन कार्यतालिका परिर्वतन गरिएको धनकुटा नगरपालिकामा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ। निर्वाचन अधिकृत सुन्दरकुमार श्रेष्ठले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो ।

नयाँ मतदान अधिकृत तोकिएपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढ्ने भएकाले कहिले अधिवेशन कहिले हुन्छ भन्ने अनिश्चित नभएको कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए । उनले मतदान अधिकृतको राजीनामा स्वीकृत नभएकाले उनैले मतदान प्रक्रिया अघि बढाउने बताए ।

धनकुटा नगरपालिकामा अभिषेक कर्माचार्य र नरेश श्रेष्ठ सभापतिका आकांक्षी छन्। उनीहरू दुवै जना देउवा समूहका हुन् । उनीहरू एउटै समूहका भएकाले मिलाउन नेताहरूले जोड गरिरहेका छन्। तर, दुवै आफ्नो अडानमा अडिग छन् ।

नगर सभापतिका आकांक्षीमा कर्माचार्य कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठ निकट मानिन्छन् भने श्रेष्ठ कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई निकट मानिन्छन् ।

कांग्रेस धनकुटा जिल्ला सभापतिका लागि उनीहरू दुवै आकांक्षी रहेकाले नगरपालिकामै एकअर्का बीच जुहारी चलेको चर्चा हुन थालेको छ । श्रेष्ठ र राई दुवै देउवा समूह निकट मानिन्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top