सेवाग्राहीका गुनासो : घरी कोठा नम्बर ३, घरी ४’

१० असोज ७८, सोमबार

११ असोज, काठमाडौं ।

‘चार दिनदेखि धाइरहेको छु। मेरो फाइल भेटिएको छैन।’ श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश हजाराले नागरिकता कहिले हात पर्ला भन्ने पत्तो नभएको गुनासो गरे।

सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालयमा देखिएका सयौँ सेवाग्राहीको भीडमा भेटिएका हजाराको मात्र होइन अन्य सेवाग्राही पनि उही गुनासो पोख्दै थिए।

सोही नगरपालिका–२ का शीलाकुमारी पनि बच्चा बोकेर नागरिकता पाउन दैनिक धाइरहेकी छन्। कर्मचारीले घरी कोठा नम्बर ३ त घरी कोठा नम्बर ४ मा जानुस् भनेर अल्मल्याइरहेको उनको दुःखेसो छ।

राजदेवी नगरपालिका–५ का दिलीपकुमार महतोको दुई सातादेखिको नियमित काम जिल्ला प्रशासन कार्यालयमा आएबका थिए। आफ्नो नागरिकता के कारणले प्राप्त नभएको भन्ने थाहा पाउन नसकिएको उनको भनाइ छ।

जिल्ला सदरमुकाम गौरस्थित जिप्रकामा नागरिकता लिनका लागि दैनिक सयौँको लाइन हुने गरेको छ। प्रचण्ड गर्मी र कोभिड–१९ को जोखिमबीच सर्वसाधारण बिना मास्क तथा सामाजिक दूरी कायम नगरी नागरिकताको फाँटमा झुम्मिरहेका देखिन्छन् । साना साना नानीहरु काखमा बोकेका महिला पनि सकिनसकी लाइनमा उभिएका छन्। पहुँच हुनेले सहजै नागरिकता पाउने गरेको सेवाग्राहीको आरोप छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कार्यालयको क्षमताभन्दा दोब्बर सङ्ख्यामा नागरिकता जारी भइरहेको जिकिर गरे। नागरिकता फाँटमा दुई जना मात्र जनशक्ति रहेका अवस्थामा दैनिक ६० नागरिकता दिन सकिने स्थितिमा एक सय ३० सम्म नागरिकता वितरण भइरहेको उनको भनाइ छ।

सेवाग्राहीसँग कर्मचारीले घुस लिएको भन्ने गुनासो हुन नसक्ने जनाउँदै उनले स्थानीय तहले अनुसूचीअनुसारका सबै कागजातसहित सिफारिस नगर्दा पनि समयमा काम हुन नसक्ने बताए। कूल ३२ कर्मचारीको दरबन्दी रहेको यस कार्यालयमा हाल २५ कार्यरत छन्। त्यसो त यो जिल्ला प्रशासन कार्यालय गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याकङ्नमा प्रदेश नं २ मा उत्कृष्टमा परेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यस आर्थिक वर्षको साउन र भदौ महिनामा चार हजार ९२२ ले नयाँ नागरिकता लिएका छन् भने एक हजार ६५८ ले प्रतिलिपि नागरिकता लिएका छन्।

यस्तै सोही अवधिमा दुई हजार ३१८ ले राष्ट्रिय परिचयपत्र, एक हजार ४३६ ले राहदानीको सिफारिस, ४७६ ले दु्रत राहदानी सिफारिस लगेका छन् । सिफारिस भएकामध्ये चार सय ७६ राहदानी वितरण भएको छ। उक्त दुई महिनामा १५ नयाँ संस्था दर्ता र ९२ संस्थाले नवीकरण गराएका छन्।

वंशजका आधारमा नागरिकता पाउन अनुसूची १ फारममा स्थानीय तहको सिफारिस, बाबु वा आमाको नागरिकता प्रमाणपत्र, सो नभए दाजु, भाइ वा वंशज खुल्ने नजिकको नातेदारको नागरिकताको प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत आवश्यक पर्छ।

यस्तै तिन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित–पत्र पेश गर्नुपर्छ।

प्रमाण पेश गर्न नसक्नेका लागि वंशजको नाताले नागरिकता लिनुपर्दा नागरिकता प्रमाणपत्र विवरण कार्यविधि, २०६३ को अनुसूची ३ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिएको सनाखत चाहिन्छ।

विवाहित महिलाको हकमा पतिको नागरिकता प्रमाणपत्र, माइतीतर्फको वंशज खुल्ने नागरिकता, दुवै कान देखिने दुईप्रति फोटो, विवाह दर्ता प्रमाणपत्र र सनाखतसहित जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्र बुझाउनुपर्छ।

बसाइँसराइ गरी आउनेको हकमा उपरोक्त प्रमाणका अतिरिक्त बसाइँसराइ प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्रलगायतका कागजात पेश गर्न जिल्ला प्रशासन कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरिएको छ।

वैवाहिक अङ्गीकृतका आधारमा र कर्मचारी परिवारका नाताले नागरिकता प्रमाणपत्र पाउन आवश्यक कागजात पनि जिल्ला प्रशासन कार्यालयले बेवसाइटमा समेत बडापत्रका रुपमा समावेश गरेको छ। रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top