मन्त्रीको ‘लिस्ट’ बनाउँदै माओवादी केन्द्र

मन्त्रीको ‘लिस्ट’ बनाउँदै माओवादी केन्द्र

११ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल भैरहेको नेता गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको लिस्ट दिन भनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.