नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन गर्ने सरकारकाे तयारी

११ असाेज, कञ्चनपुर ।

कोरोना महामारी सुरु भएसँगै बन्द भएको नेपाल–भारत मैत्री बस सेवा पुनः सञ्चालन हुने भएको छ।

महाकाली बस व्यवसायी प्रा.लीबका अनुसार नेपाल सरकारले मैत्री बस सेवा पुनः सुरु गर्नका लागि भारतीय दूतावासमार्फत आवश्यक प्रक्रिया थालिसकेको छ । महेन्द्रनगरबाट भारतको राजधानी दिल्लीका लागि ५ र देहरादूनका लागि २ गरेर दैनिक ७ बस छुट्ने गरेका थिए।

मैत्री बस सेवा सुरु भएपछि दुवै देशका यात्रुहरूलाई लाभ मिल्नेछ।