धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार

३ साउन ७५, शुक्रबार

इटहरी, साउन ४

Advertisement

सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडाैँको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उनको पार्थिव शरीर भोलि ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।

Advertisement

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कारका लागि सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसहित अन्य नेताकोसमेत सहभागिता रहने तथा उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।

Advertisement

स्व प्रमुख सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित थिए भने पछिल्लो समयमा प्रमुख निर्वाचित भएपछि कामको अधिक चापले उनको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढेको उनका निकटवर्तीले जानकारी दिँदै अधिक धपेडिकै कारणले उनको शरीरमा रोगको संङ्क्रमणको चाप थपिएको बताइएको छ ।

उनको निधनपछि अब धरान उपमहानगरपालिकाको प्रमुख पद प्रमुख विहीन बन्न पुगेको छ । त्यसैगरी धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि निधनपछि उक्त वडामा पनि वडा अध्यक्ष पद रिक्त बन्न पुगेको छ ।

प्रदेश एक अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख र वडा अध्यक्षको निधनपछि ती पद खाली बन्न पुगेका छन्, भने संखुवासभा जिल्लाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि गत पुसमा भचोटखोलामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top