ईपीएलः चितवन र भैरहवाको खेल पनि स्थगित

११ असाेज, काठमाडौं  ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आजको दोस्रो खेल पनि स्थगित भएको छ ।

टियु मैदानको चिसो आउटफिल्ड र त्यसपछि वर्षाका कारण भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि स्थगित भएको हाे ।

दिउँसो १:३० सुरु हुनुपर्ने खेल चिसो आउटफिल्डका कारण स्थगित भएको थियो । खेल सुरु हुन ढिलाइ भएको केहीबेरमा नै पुन: वर्षा भएपछि मैदान कभरले ढाकिएको छ । वर्षासँगै खेल स्थगित भएको हो । अब दुई टोलीले अंक बाँड्ने वा खेल पुन: अर्को दिन खेलाइने भन्नेबारे आयोजक छलफलमा छ ।

निर्धारित समय अनुसार खेल १:३० सुरु हुने कार्यक्रम थियो । त्यसका लागि टस १ बजे हुनुपर्ने थियो । भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि अम्पायरले टस स्थगित गरेका थिए । दोस्रो पटक १:४० मा अम्पायरले मैदान निरिक्षण गरेर फर्किएका थिए । दोस्रो निरिक्षण २:३० मा हुने भनिएको थियो ।

सोमबार बिहान हुनुपर्ने विराटनगर र काठमाडौं किंग्स इलेभेनबीचको खेल वर्षाको कारण स्थगित भइसकेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top