‘नेपालमा अबको समस्या मल भण्डारण र वितरण’

 ११ असाेज, काठमाडाैँ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन् । सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताएका हुन् ।

उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए । उनले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए । उनले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताए । कृषि विकास सचिव आचार्यले नेपाली आयातकर्ताहरुले पछि दिएपनि हुने मललाई समय भन्दा अघि नै मल दिएको बताए । उनले मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने बताए ।

कृषि सचिव आचार्यले सबैलाई राम्रो काम गरेर देखाउन पनि अनुरोध गर्दै कृषकहरुलाई आवश्यक मल र हाल्ने प्रक्रिया सिकाउनुपर्ने बताए । कृषि सचिव आचार्यले भने, ‘आगामी दिनहरुमा प्रमुख रुपमा उठ्ने अर्को मुद्दा भनेको यसको गुणस्तर हो, गुणस्तरमा स्टोरेज फ्यासालिटीले धेरै फरक पार्छ, स्टोरेज जाने बेलामा यहाँ कृषि अथवा साल्ट ट्रेडिङको गोदामको मात्रै विषय होइन, हामीले लगेर कहाँ कसरी राख्छौँ ? भन्ने पनि छ, कसरी लैजान्छौँ,ट्रान्सपोटेशन कुराहरु गर्दा पानी पर्ने, हावा लाग्ने,लगेर कहाँ राख्ने ? हुनत प्लास्टिक छ, तर त्यसले पनि सधैँ थेगिरहन्छ भन्ने जरुरी छैन,त्यसैले यसमा व्यवसायीहरुले पनि एकदमै ध्यान दिनुपर्छ, गुणस्तर र नियमनको विषयलाई अझ बढी बिस्तृत बढाउने प्रक्रियामा लागि परेका छौँ, नेपाली आयात कर्ताको कुरा गर्दा हामी अहिले खुशी पनि छौँ, हमीले पछि दिए हुनुपर्ने मल अहिल्यै दिएका छन्, त्यो दायित्व, क्षमता इम्पोटरको मात्रै होइन, डिस्ट्रीब्यूटरहरुले पनि देखाउनुपर्यो, मल धेरै किसानसँग जोडिएको छ र सबैले शंका, आशंकाको दृष्टिकोणले हेर्ने भएकोले पर्फमेन्स गरेर शंका, आशंकालाई चिर्नुपर्ने बेला आएको छ ।’

मलका लागि फार्म, फर्म र फ्याक्ट्री आवश्यक
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए । उनले यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको औँल्याए । जसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको बताउँदै उनले किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरु भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताए ।

पशुपंक्षी विकास सचिव शर्माले भने, ‘हामीले तीन वटा कुरामा ध्यान दिनुपर्छ, फार्म, हामीले किसानको खेतबारीमा मल पुर्याउने हो, त्यसैले किसानको खेतबारी चाहिएको समयमा मल पुग्नुपर्छ, अर्को फर्म हो जो,यसको वितरण व्यवस्थापन, सप्लाइ, समुचित व्यवस्थापन,सहभागि हुनुहुन्छ,यसमा तपाईहरु इम्पोटर पनि हुनुहुन्छ,होल्सेलर र रिटेलर पनि हुनुहुन्छ, अर्को फ्याक्ट्री हो, धेरैजसो त हामी डिपेण्डेन नै छौँ, केही मात्रामा हामी मिक्स फोटीलाइजर इम्पोट गर्दछौँ, यो तीनवटा मलको आपूर्ति, व्यवस्थापन, प्रयोगमा जोडिएका पात्रहरु हुनुहुन्छ,यो बीचमा किसानलाई फार्मसँग जोड्ने र फ्याक्ट्री र फार्मसँग जोड्ने काम व्यवसायीहरुले गरीरहनुभएको छ, तपाईहरुको संघ धेरै ठूलो भूमिकामा हुनुहुन्छ ।’

मलखादका लागि संगठन बनाउनुपर्छ

त्यस्तै कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए । उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे । उनले मलखाद सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो बनोस् भन्ने सुनाउँदै अनुशासित र इमान्दार भएर कृषकको सेवामा लाग्नुपर्ने आँैल्याए । उनले सबैलाई समेटेर प्रादेशिक समूह बनाउन पनि मलखाद संगठनलाई अनुरोध गरे । प्रवन्ध सञ्चालक भण्डारीले भने, ‘यो कताकता सहकारी बाहेकको संगठन जस्तै बनाउन खोज्नुभयो, होइन, हुँदैन,तपाईहरुको पावर आफैँले मिनिमाइज गर्नुभयो,विधान परिमार्जन गर्ने कुरा भएको छ, गर्नुहोस् तर सबैलाई समेटेर खुला बनाउनुस्, सहकारीलाई समेत प्रशिक्षित गर्ने थलो होस्, आफू पनि इमान्दार र अनुशासित भएर किसानलाई दिने सेवा दिनुहोस्,मुनाफा मात्रै नहेर्नुस्, अब सेवा गर्नुहोस्,पारदर्शीका लागि तपाईहरुले डाटा इन्ट्री गरेर पारदर्शीतामा सेवा पुर्याउन सक्नुहुन्छ,सबैलाई समेट्दै देशभरको प्रादेशिक संरचना अनुसार प्रादेशिक सम्मको समिति बनाउनुहोस्, जिल्लागत त सक्नुहुन्छ सक्नुहुन्न ।’

प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top