हैदराबादले राजस्थानलाई ७ विकेटले हरायाे

Share this
664shares

१२ असाेज, काठमाडौं।

Advertisement

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। दुबईमा सोमबार राति सम्पन्न खेलमा राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिममा पूरा गर्यो।

हैदराबादको जितमा जासन रोयले ६० रन बनाए। यस्तै कप्तान केन विलियम्सनले अविजित ५१ रनको अर्धशतकीय पारी खेले।

Advertisement

त्यसैगरी, अविशेक शर्मा २१ रनमा अविजित रहँदा रिद्दिमान साहले १८ रन जोडे।राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेलेका थिए । याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए। हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिएका थिए।

Advertisement

जारी प्रतियोगितामा हैदराबादको यो दोस्रो जित हो। कुल १० खेल खेलेको हैदराबाद ४ अंकका साथ लिग तालिकाको अन्त्यमा छ। समान १० खेलबाट ८ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top