×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

केहीले प्लेनबाटै हामफाल्छौं भने…

१२ आश्विन २०७८

कामको सिलसिलामा केही दिनअघि मात्रै काठमाडौं आएको थिएँ। नयाँ सचिव सरुवा भएर सोमबार मन्त्रालयमा आउने जानकारी पाएको थिएँ। त्यही भएर बिहानको पहिलो फ्लाइटबाट विराटनगर फर्किने र नयाँ सचिवलाई स्वागत गर्ने योजना बनाए।

बिहान ८ बजेर ५ मिनेटको बुद्ध एयरको फ्लाइट थियो। मैले जहाजको ‘सिक्स ए’ को टिकट ४ हजार ९ सय रुपैयाँमा किनेको थिएँ। एकदमै आरामदायी ढंगले काठमाडौं छोड्दै प्लेन विराटनगरको आकाशमा प्रवेश ग¥यो। परिचारिका (क्रु मेम्बर)ले केही क्षणमै विराटनगर एयरपोर्टमा जहाज ल्यान्ड गर्न लागेको जानकारी गराइन्। सिट बेल्ट बाँधेर विराटनगर एयरपोर्टमा ओर्लने तरखरमा सबै यात्री थियौं। त्यहीअनुसार ‘माइन्ड सेट अप’ पनि भयो। प्लेन ल्याण्ड गर्न खोज्यो, तर ल्याण्ड हुन सकेन। र, फेरि माथितिर उड्यो। आकाशमा राउण्ड लगाउन थाल्यो।

Advertisement
Advertisement

एयर ट्राफिकका कारणले हो कि ? वा अर्को कुनै प्लेन त्यहाँ उड्दै गरेकाले अवतरणमा अप्ठ्यारो परेको हो कि ? भन्ने मनमा सोचेँ। तर, जतिपटक राउण्ड लगाए पनि बाहिर हेर्दा एकै ठाउँमा पुगे जस्तो मात्र देखिन्छ। करिब ७÷८ राउन्ड लगायो। त्यसपछि भने विराटनगर छोडेर अघि बढेको जानकारी क्रु मेम्बरले दिइन्। जहाजमा प्राविधिक समस्या आएकाले पुनः काठमाडौं फर्किन लागेको र उतै ल्यान्ड गर्ने जानकारी क्याप्टेनले गराए।

त्यसपछि भने मनमा चिसो पस्यो। प्राविधिक समस्या भनेको के कस्तो हो ? भन्ने अनेक कुरा मनमा खेल्न थाले। यसो बाहिर हेरेको त, कोसी नदी देखेँ। जहाज नै नचलेको जस्तो भयो। अनि, सिट सँगैको साथीलाई सोधे, जहाज स्थिर भइरहेको हो र ? ती साथीले जहाज उडिरहेको छ भन्ने जवाफ दिए। मन अलि शान्त भयो। नत्र, मलाई त कोसीमै लगेर प्लेन ब्लास्ट गर्न खोजेको हो कि जस्तो लागेको थियो। क्रिउ मेम्बरलाई के भइरहेको छ भनेर सोध्थ्यौं। सामान्य टेक्निकल समस्या हो, रिस्क लिन नचाहेर काठमाडौं फर्केको भन्ने जवाफ दिने गर्थे। क्रु मेम्बर पनि एकदम नै प्रोफेसनल थिए। उनीहरूले यात्रीलाई सान्त्वना दिइरहन्थे। तर, पनि उनीहरूका आँखामा डर भने पक्कै देखिन्थ्यो। उनीहरूले सम्झाउँदै गरे पनि मनले मान्दैनथ्यो। अरू यात्रीहरूका अनुहार पनि अत्तालिएको र डराएको जस्तो देखिन्थे। अनि, मन शान्त पार्न क्रु मेम्बरलाई बारम्बार सोधिरहन्थ्यौं।

Advertisement

नर्मल ल्यान्ड गर्ने हो भन्ने जवाफ पाउँथ्यौँ। काठमाडौं प्रवेश गरिसकेपछि मन अलि शान्त भयो। तर, ल्यान्ड गर्न खोज्दा विराटनगरकै जस्तो भयो। एयरपोर्ट सबै खाली थियो, तर ल्यान्ड गर्न सकेन। प्लेन पटक–पटक आकाशमा घुम्न थाल्यो। अनि, सबै यात्रु आत्तियौँ। केही साथीहरू चिच्याउन र रुन थाल्नुभयो। हाम्रो जीवनको सुरक्षा आफैं गर्छौँ भन्दै झ्याल खोलिदिन आग्रह गर्न थाल्नुभयो। उहाँहरू झ्यालबाट हामफाल्छौं भन्न थाल्नुभयो। त्यो कुराले झन् डर लाग्यो। एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी, फायर फाइटर तैनाथ भएको देख्यौँ। त्यसपछि त डरले थुर्थुर नै भयौं। फोर्सल्यान्ड गर्ने तयारी रहेछ भन्ने सोच्यौं। केही पछि, प्लेन रनवेको सीधा गयो। अब भने ल्यान्ड गर्न सक्छ भन्ने भयो।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ । (प्रदेश १, आर्थिक मामिला मन्त्रालयका महाशाखा प्रमुख गोविन्दराज आचार्यसँग गरेको कुराकानीमा आधारित।)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top