दशैंमा मात्र किन देखिन्छ बजार अनुगमन ?

१२ असोज, काठमाडौं ।

जब जब चाडपर्व लाग्छ तब बजारमा अनुगमनको खबर सुनिन्छ । खासगरी नेपालीको महान चाड दशैं, तिहार छठ पर्वका बेला बजार अनुगमन भएको देखिन्छ ।

अरुबेला निर्वाध चलिरहेका पसलमा दशैंका बेला हुने अनुगमनमा अखाद्य वस्तु भेटिने, बढी मूल्य लिएको, कही कही त पसल नै दर्ता नगरेको पनि भेटिने गरेको छ ।

अनि आम जनस्तरबाट प्रश्न उठछ्, दशैंका बेलामात्रै अनुगमन, अरु बेला सबै ठिकठाक हुन्छ ? यो प्रश्न ‘बजार अनुगमन र सरोकारवालाको भूमिका’ विषयक सोमबारको अन्तर्क्रिरयामा पनि उठ्यो ।

खासगरी उपभोक्ता अधिकारका अगुवा र उद्योगी व्यवसायीले बाह्रै महिना बजार अनुगमनको माग गरे । अझ व्यापारीले त दशैंको चहलपहलमा राज्यले अनुगमनका नाममा तर्साउने काम गरेको गुनासो नै गरे । अनुगमन मैत्रीपूर्ण हुनुपर्ने उनीहरुको माग रह्यो ।

चेम्बर अफ कमर्सका आपूर्ति सभापति देवेन्द्रभक्त श्रेष्ठले दशैंतिहार पर्वमा मात्रै अनुगमन गर्ने परिपाटी हटाउन माग गरे । ३६५ दिन नै अनुगमन गर्नुपर्ने उनको सुझाव थियो ।

उपभोक्ता संरक्षण मञ्चका शत्रुधन देवले पनि बाह्रै महिना बजार अनुगमन हुनुपर्ने माग गरे । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्षमाधव तिमिल्सिनाले पनि ‘सिजनल’ अनुगमनमा प्रश्न उठाए ।

स्वच्छ बजारका लागि अनुगमनको आवश्यकऔल्याउँदै तिमिल्सिनाले निरन्तरताको माग गरे । उद्योगी, व्यसायी र उपभोक्ताले उठाएका यी प्रश्न आम प्रश्न हुन् । दशैंमा देखिने अनुगमन अरुबेला नदेखिँदा यो प्रश्न उठ्ने गरेको छ ।

सरकार भने बाह्रै महिना अनुगमन भइरहेको दाबी गर्छ । उद्योग वाणिज्य मन्त्रालयका सचिवका दिनेश भट्टराई नियमित अनुगमन भइरहेको बताउँछन् ।

दशैंमा सघन उपस्थितिमात्रै देखिएको उनको भनाइ छ । ‘बाह्रै महिना यो तहको व्यापार हुँदैन । चाडपर्वमा बढी उपभोग हुन्छ । त्यो बेला तलमाथि होला कि भनेर सघन उपस्थिति हुन्छ । अनुगमन नियमित हो। तर सघन हुन्छ । केही कुराहरू हेर्छौ । थप जनशक्ति परिचालन गर्छौ,’ उनले भने ।

अनुगमनको मुल केन्द्र सामग्रीको उपलब्धता छ कि छैन भन्नेमा केन्द्रीत रहेको उनी बताउँछन् । ‘कालोबजारी लगायको अनुगमनका लागि स्थानीय प्रशासन उपस्थित छ । एकीकृत रूपमा बजार अनुगमन भइरहेको छ । दशैंमा विशेष, सघन र सन्तुलिन अनुगमन गरिरहेका छौं,’ उनले भने ।

वाणिज्य विभाग महानिर्देशकप्रकाश पौडेल अनुगमन चाडवाड लक्षित नभई वर्षभरी हुने बताउँछन् । ‘अनुगमनको संख्या बढेको छ । तर यो बेला बढी कारोवार हुन्छ, यहीँ बेला उपभोक्ता बढी ढगिने भएको अनुगमन बढाएकोहो ।

अनुगमन वर्षभरि हुन्छ,’ उनले भने । वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईबजार अनुमगन चाडपर्व केन्द्रीत रहेको स्वीकार्छन् । यसलाई बाह्रैमास प्रभावकारी बनाउन प्रयत्नशील रहेको उनको भनाइ छ ।

‘गत आवमा २५ सय वटा फर्म कम्पनी अनुगमन गर्दा ६८ बाहेक सबैमा केही न केही कैफियत देखियो ।यस वर्ष साउनमा १८४ र भदौमा २४० अनुगमन गर्दा फर्म, कम्पनीको कैफियत नआएको भेटिएन । जरिवानादेखि कारवाहीसम्म गर्नुपर्ने देखियो । हामीले अनुगमनको स्पेस बढाउनुपर्छ,’ उनले भने ।

‘अनुगमनका नाममा तर्साउने प्रवृत्ति’

चेम्बर अफ कमर्सका आपूर्ति सभापति श्रेष्ठबजार अनुगमनलाई नकारात्मक रूपमा हेर्न नहुने बताउँछन् । ‘बजार अनुगमनका नाममामोनोपोली छ ।

कारवाही गर्नेमात्र होइन बजार व्यवस्थापन गर्ने हो । नियतवश गल्ती गर्नेलाई कारवाही गर्नुस् । भुलवश गर्नेलाई एक्सक्युज दिनुस्,’ उनले भने,‘अनुगमन तर्साउने खालको छ । फ्रेण्डली हुनुपर्छ ।

अनुगमनको स्वरूप परिवर्तन हुनुपर्छ । अनुगमनमा गयो भने केही न केही खोट देखाएर जरिवाना गर्ने मात्रै प्रवृत्ति छ । सचेतना जगाउने खालको हुनुपर्यो ।’

उपभोक्ता संरक्षण मञ्चका देवले उपभोक्ता, व्यापारी र सरकारी पक्ष सचेत हुनुपर्ने बताए । ‘उपभोक्ताले मूल्य गुणस्तर हेर्नुपर्छ । व्यापारीले पनि गुणस्तरता दिनुपर्छ ।कही पनि मुल्यसूची टाँगेको छैन । उपभोक्ताले जहाँ सस्तो हुन्छ त्यहीँ किन्छ । तर मूल्यसूची नै छैन,’ उनले भने ।

उद्योग मन्त्रालयका सचिव उद्योगीहरूले अनुगमन मैत्रीपूर्ण हुनुपर्छ भनेको र उपभोक्ता अगुवाले पुगेन भनेर गुनासो गरेकालेराज्यले ध्यान दिने बताए । ‘हामी दण्डितभन्दा अभियानमुखी सचेतनालाई प्राथमिकता दिइरहेका छौं,’ उनले भने, ‘जसले उपभोक्ता र व्यापारीको मागलाई सम्बोधन गर्छ ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष तिमिल्सिनामूल्य, गुणस्तर र नापतौलमा अनुगमन गरेर प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन् ।

‘लत्ता कपडामा डिस्काउन्ट वास्तविक हो कि होइन गुणस्तरीय के हो हेर्नुपर्छ । चिठ्ठाहरू जारी के हो सम्बन्धितलाई बोलाएर इन्क्वाएरी गर्नुपर्छ,’ उनले भने, ‘अनुगनका लागि राज्यका निकायबीच प्रभावकारी समन्वय हुनुपर्छ ।’

कृषि विभागमहादेव प्रसाद अधिकारीलेदेशभरका १० वटा बजारमा आपूर्ति नियमित गर्नका लागि अनुगमन गरिरहेका बताउँछन् । ‘५ वटा प्रदेशका ७ वटा बजारमा पेस्टिसाइड खानयोग्य वस्तुको परीक्षण गरिरहेका छौं । गुणस्तरीय वस्तुमा हाम्रोजोड छ,’ उनले भने ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top