तातोपानी र केरुङमा रोकिएका कन्टेनर पठाउन चीन सहमत

१२ असोज, काठमाडौं ।

सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको हो ।

दशैंका लागि नेपाली व्यवसायीले मगाएका सामग्री बोकेका कन्टेनर नाकामै रोकिँदा चाडपर्वका बेला नेपाली बजार स्टकमा चलिरहेको छ ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनररट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । ‘चिनियाँ कोभिड प्रोटोकल मान्नैपर्छ । प्रोटोकल मेन्टेन गर्न समस्या भएको छ,’ उनले भने ।

सचिव भट्टराईले प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएको बताउँदै छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उल्लेख गरे ।

‘तर के सहमति भएको छ भने तातोपानी र केरूङबाट आउने ट्याकरको संख्या वद्धि भएको छ । चीनले नेपाली ट्यांकरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउने खबर आएको छ । एक दुई दिनमै नाकामा सहज अवस्था हुन्छ,’ उनले भने ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top