दक्षिण कोरियामा मासुका लागि प्रत्येक वर्ष काटिन्छन् १० लाख कुकुर

११ असोज ७८, मंगलबार

१२ असोज, सीउल ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् ।

लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन् ।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ । तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन् ।

कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ ।

धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन् । एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए । ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन् ।

केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए । एजेन्सी

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top