वर्षाका कारण काठमाडौं र पोखराबीचको खेल पनि स्थगित

१२ असाेज, काठमाडौं ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा मंगलबार हुने काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । सुरुमा भिजेको आउटफिल्ड र पछि वर्षासँगै खेल स्थगित भएको हो ।

मंगलबार पोखरा र काठमाडौंबीचको खेल निर्धारित समय अनुसार १२ : १५ मा हुनुपर्ने थियो । तर भिजेको आउटफिल्डको कारण टस पनि हुन सकेको थिएन । त्यसमा सामान्य वर्षा थपिएपछि आउटफिल्ड र पिच त्रिपालले ढाकिएको थियो । अम्पायर र कप्तानबीचको लामो समयको छलफलपछि स्थगित गर्ने निर्णय लिएका हुन् । भिजेको आउटफिल्डको कारण खेलाडीले अभ्यासनै गर्न सकेका थिएनन् ।

सामान्य वर्षा र भिजेको आउटफिल्डको कारण स्थगित भएको चौथो खेल हो । यसअघि सोमबार काठमाडौं र विराटनगरबीचको पहिलाे खेल र भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको दोस्रो खेल वर्षाको कारण स्थगित भएको थियो ।

आइतबार दोस्रो खेलमा पोखरा भैरहवाबीचको खेल वर्षाको कारण स्थगित भएको थियो । भैरहवा र पोखराबीचको खेल दुबै टोलीले अंक बाँडेका थिए । सोमबार स्थगित भएका दुबै खेल नयाँ मितिमा हुने छन् ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top