१२ असाेज, काठमाडौं।
नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्ज आफू नै भएको बताएका छन्।
१० बुँदे कार्यान्वयन गर्न गठन भएको कार्यदलको बैठकपछि मंगलबार सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा भट्टले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज आफू नै भएको बताएका हुन्।
उनले कार्यदलको बैठकमा ०७५ जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए।
कार्यदलका संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इञ्चार्ज को हुने भन्ने विषयमा विवाद देखिएको छ।