नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी काठमाडौँमा

१२ असाेज, काठमाडौं ।

नेपाल मामिला हेर्ने भारतीय विदेश मन्त्रालयका अधिकारी अनुराग श्रीवास्तव काठमाडौंमा आइपुगेका छन् ।

न्यूयोर्कमा नेपाली परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको दुई दिनपछि श्रीवास्तव काठमाडौं उत्रिएका हुन् । उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन् ।

भारतीय विदेश मन्त्रालयका पूर्वप्रवक्ता समेत रहेका उनले नेपाल र भुटान मामिला हेर्छन् ।  काठमाडौंमा रहँदा उनले अर्थ सचिव मधु मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने कार्यक्रम छ ।

नेपाल र भारतबीचमा पछिल्लो समय सुमधुर सम्बन्ध छैन । जयसिंह धामी तुइनबाट महाकालीमा खसेको घटना र हेलिकोप्टर प्रकरणमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको तर जवाफ नआएको पृष्ठभूमिमा श्रीवास्तवको भ्रमण भएको हो ।

साथै, नेपालले नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न भारतले अवरोध गरेको पृष्ठभूमिमा उनको भ्रमण भएको हो । देउवा सत्तामा आएपछि भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र बीजेपीका पूर्व महासचिव काठमाडौं आइपुगेका छन् ।

देउवा सरकार बनेपछि नेपाल भ्रमणमा आउने अनुराग भारतीय सरकारका उच्च अधिकारी हुन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top