उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

Share this
668shares

१३ असोज, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् ।

सुमेरु अस्पतालमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।

Advertisement

पुनलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । पुनको साथमा पूर्वसभामुख तथा नेता पुन पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड प्रस्थान गरेकी छन्।

Advertisement

पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिगि्रएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनले बैंकको समितिभेज अस्पतालमै उपचार गराएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top