राष्ट्रिय पुस्तकालय भवन पुनर्निर्माण प्राथमिकतामा पर्न सकेन, राष्ट्रपतिलाई ज्ञापनपत्र

१२ असोज ७८, बुधबार

१३ असोज, काठमाडौं ।

भूकम्पका कारण क्षति पुगेको राष्ट्रिय पुस्तकालय भवन अहिलेसम्म पुनर्निर्माणको प्राथमिकतामा पर्न सकेको छैन ।

वि.स. २०७२ सालको भूकम्पले हरिहरभवनमा रहेको राष्ट्रिय पुस्तकालयको भवन जीर्ण भएपछि पुस्तक, ग्रन्थ तथा दस्तावेजहरू नासिन थालेका छन् ।

राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

अभियन्तासँगको भेटमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको बारेमा विस्तृत जानकारी समेत लिएकी छन् ।

राष्ट्रिय पुस्तकालयमा रहेका पुस्तकलाई अस्थाई रूपमा सुरक्षित राख्न तत्काल ठाउँ खोज्न पहल गर्ने समेत आश्वासन दिएकी छन् । पुरानो बसपार्कमा निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्नेबारे केन्द्रीय तथा पालिका सरकारसँग छलफल गर्ने उनको भनाई छ ।

राष्ट्रिय पुस्तकालय भवनको पुनर्निर्माण हुन नसक्दा पुस्तक र अन्य ऐतिहासिक कागजात ठाउँ अभावमा बोरा–बोरामा कोचिएर राखिएको छ ।

राष्ट्रिय पुस्तकालयको संग्रहमा तीन सय वर्षसम्मका पुराना हस्तलिखित ग्रन्थहरू समेत छन् । तीमध्ये धेरैमा ढुसी र किरा लाग्न थालेको संरक्षणमा दवाब दिँदै आएका अभियन्ताले गुनासो गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top