कतारकी राजकुमारी थानीले गरिन् विना अक्सिजन मनास्लुको सफल आरोहण

कतारकी राजकुमारी थानीले गरिन् विना अक्सिजन मनास्लुको सफल आरोहण

१३ असाेज, काठमाडाैँ।

कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहण गरेकी छन् । थानीले ८,१६३ मिटर अग्लो मनास्लु हिमाल विना अक्सिजन सोमबार आरोहण गरेकी हुन्।

हिमाल आरोहणमा कीर्तिमान कायम गरेका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा राजकुमारी थानीले विना अक्सिजन मनास्लुकाे सफल आरोहण गरेकाे जनाएका छन् ।

उनी इलाइट हिमालय एड्भेञ्चरमार्फत मनास्लु आरोहणका लागि आएकी थिइन् । कीर्तिमानी आरोही निर्मल पुर्जा, मिङ्मा डेविड शेर्पा, र मिङ्मा तेञ्जिङ शेर्पा थानीको गाइडका रुपमा खटिएका थिए। उनीहरुकै सहयोगमा थानीले मनास्लु आरोहण गरेको इलाइट हिमालय एड्भेञ्चरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.