×

NEPAL TIMES UPDATES

Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026

पोखराले ललितपुरलाई ९ विकेटले हरायाे

१३ आश्विन २०७८

१३ असाेज, काठमाडौं ।

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले ललितपुर प्याट्रियटर्सलाई ९ विकेटले पराजित गरेको छ । भिजेको आउटफिल्डको कारण ७ ओभरमा छाेट्याइएकाे खेलमा जितको लागि ५२ रनको सामान्य लक्ष्य पछ्याएको पोखराले ९.३ ओभरमा १ गुमाउँदै पूरा गर्यो ।

Advertisement
Advertisement

पोखरा रिचार्ड लेभी २२ बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान रित गौतम १४ बलमा १ चौका सहित १२ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि लेभी र रितले ५.२ ओभरमा ३९ रनको साझेदारी गरेका थिए ।

ललितपुरका अजमतुल्लाह ओमरजाईले पहिलो ओभरमा ९ रन खर्चेका थिए । दोस्रो ओभरमा रिजन ढकालले ५ रन खर्चिए । तेस्रो ओभरमा योगेन्द्रसिंह कार्कीले ९ रन खर्चिएका थिए । रिजन ढकालले चौथो ओभरमा २ चौका सहित १२ रन खर्चिएका थिए । पवन सरार्फले पाँचौं ओभरमा ४ रन दिए । छैटौं ओभरको दोस्रो बलमा अजमतुल्लाहले रितलाई बोल्ड आउट गरे ।

छैटौं ओभरमा अजमतुल्लाहले १ विकेट लिएर २ रन दिएपछि खेल अन्तिम ओभरमा पुगेको थियो । अन्तिम ओभरमा पोखरालाई जितको लागि ११ रन आवश्यक परेको थियो । पवनलाई पहिलो बलमा लेभीले चौका प्रहार गरे । दोस्रो बलमा लेभीले छक्का प्रहार गर्दै जित सहज बनाए । एक रन चाहिँएको बेला लेभीले तेस्रो बलमा चौका प्रहार गर्दै खेल जिताए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । भिजेको आउटफिल्डको कारण खेल सुरु हुन निर्धारित समय भन्दा दुइ घण्ढा ढिलो हुँदा खेल ७–७ ओभरमा झारिएको थियो । ललितपुरका विकेटकिपर सान्दुन वीराक्कोडीले १६ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक १९ रन बनाएका थिए ।

पहिलो ओभरमा केज्रिक विलियम्सले ७ रन खर्चेका थिए । तीव्र गतिका बलर विक्रम सोबको दोस्रो ओभरको पहिलो बलमा कप्तान कुशल भुर्तेल थर्डमा नन्दन यादवबाट ३ रनमा सहज क्याच आउट हुन पुगे । दोस्रो ओभरमा विक्रमले एक चौका सहित एक विकेट लिँदै कुल ७ रन खर्चेका थिए । नन्दन यादवको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका पवन सरार्फ लोकेश बमबाट ५ रनमा आउट भए । नन्दनले यस ओभरमा ६ रन खर्चिए ।

विक्रमको चौथो ओभरको पहिलो बलमा ठूलो सट खेलेका अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ डिप मिडविकेटमा सुनिल धमलाबाट एक रनमा क्याच आउट हुन पुगेका थिए । विक्रमले चौथो ओभरमा ४ रन खर्चेर १ विकेट लिए । मध्यगतिका साहन आर्चचिगेले पाँचौं ओभरमा एक चौका र एक छक्का सहित कुल १४ रन खर्चिए । केज्रिकको छैटौं ओभरको तेस्रो बलमा सान्दुन एज लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट हुन पुगे । केज्रिकले छैटौं ओभरमा १ विकेट लिँदै कुल १० रन खर्चेका थिए ।

सातौं ओभरको चौथो बलमा नन्दनले नारायण जोशीलाई ११ रनमा बोल्ड आउट गरे । नारायणले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे । पाँचौं बलमा सन्दीप जोरा शून्यमा आउट भए । ओशद फर्नान्डो ७ बलमा १ चौका सहित १० रनमा अविजित रहे । पोखराका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । विक्रमले २ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । केज्रिक विलियम्सले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

Advertisement

आज दोस्रो खेलमा भैरहवा र विराटनगर भिड्दैछन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top