१३ असोज, काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएका छन् । अध्यक्ष नेपालको सचिवालयका अनुसार नेपाललाई रुघा, खोकी र ज्वरो आएको छ ।
अध्यक्ष नेपाल तीन दिन अघिदेखि अस्वस्थ भएर नेपाल आफ्नै घरमा आराम गरिरहेका छन् । अध्यक्ष नेपाल अस्वस्थ भएपछि मन्त्रिपरिषद विस्तारको बिषयको थप छलफल हुन सकेको छैन ।
कांग्रेसका सभापति देउवा असार २९ मा प्रधानमन्त्री बने पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्। गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाको मन्त्रीमण्डलमा अहिलेसम्म ५ जना मन्त्री र एक राज्यमन्त्री छन्।