कुन दलबाट कोको बन्दै छन् मन्त्री ?

१३ असोज ७८, बिहीबार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आज साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर भोलि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।

‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीबारसम्म मन्त्रालय कसले कुन लिने टुंग्याएर सम्भवतः शुक्रबार सरकारले पूर्णता पाउँछ,’ प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले भने ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा २ घण्टा छलफल भएको थियो । सो छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी भएनन् भने जसपा अध्यक्ष पार्टीको कार्यक्रममा जनकपुर पुगेकाले सहभागी हुन पाएनन् ।

त्यसपछि दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भए पनि थप गठबन्धनको बैठक बसेर निर्णय लिने सहमति बनेको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर सोबारे निर्णय गर्नेछन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन ।

कांग्रेसबाट कोको ?

कांग्रेस उच्च स्रोतका अनुसार कांग्रेसबाट दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल मन्त्री बन्ने पक्का छ । यस्तै, भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा ल्याउँदै छन् । बडु र रिजाल कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । यस्तै, प्रधान र चौधरी सिटौला समूहका हुन् । भुषाल भने देउवानिकट हुन् ।

यस्तै, सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई भने स्वास्थ्य मन्त्रालयमा लैजाने प्रधानमन्त्रीको तयारी छ । स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भने राज्यमन्त्रीकै भूमिकामा राखिने बताइएको छ ।

देउवाले २९ असारमा प्रधानमन्त्री बनेपछि आफ्नो दलबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाएका थिए । यस्तै, १० साउनमा स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै, ६ असोजमा देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई ल्याएका थिए । देउवा क्याबिनेटमा रहेका सबै मन्त्री पार्टीभित्रको उनकै समूहसँग आबद्ध छन् ।

माओवादी केन्द्रबाट यी हुन् सम्भावित नाम
गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट अब तीन मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, सुदन किराती, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये दुई जना र जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एक जना मन्त्री बन्नेछन् ।

एक जना भने राज्यमन्त्री बन्ने सम्भावना छ । माओवादीकातर्फबाट यसअघि जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । माओवादी केन्द्रले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ ।

नेकपा एसबाट कोको ?
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि पाँच मन्त्री र एक राज्यमन्त्री बन्नेछन् । सो दलबाट विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना सरकारमा सहभागी हुने पक्का छ । सो पार्टीबाट सरकारको नेतृत्व भने खतिवडाले गर्नेछन् ।

जसपाबाट यी नाम चर्चामा
जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई दिएको छ । जसपाबाट सरकारको नेतृत्व राजेन्द्र श्रेष्ठले गर्ने पक्का भएको छ ।

प्रधानमन्त्री देउवाले सरकारमा उपप्रधानमन्त्री नराख्ने भएपछि जसपाबाट सरकारको नेतृत्व श्रेष्ठले गर्ने भएका हुन् । यस्तै, जसपाबाट महेन्द्र राय यादव, प्रदीप यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top