×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एमालेमा संगठित गुट विघटन !

१४ आश्विन २०७८

काठमाडौं: आन्तरिक विवाद समाधान गर्न १०बुँदे सहमति गरी विधान महाधिवेशनमा होमिन लागेको नेकपा एमालेभित्रको संगठित गुट विघटन भएको छ । नवौं महाधिवेशनमा नेतृत्व चयनका क्रममा फरक फरक प्यानलबाट निर्वाचनमा भाग लिएका नेताहरू अहिले छिन्नभिन्न भएपछि एमालेभित्रको संगठित गुट विघटन भएको हो ।

विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा भाग लिन नपाउने, व्यक्तिमात्रै उम्मेदवार बन्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । ‘अध्यक्षसहित सबै पदाधिकारी र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने र निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, विधान मस्यौदामा उल्लेख छ । विधानमै प्यानल बनाउन बन्देज लगाउन गरिएको प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन भएपछि एमालेमा अब संगठित रुपमा गुटबन्दी नहुने दाबी नेताहरूको छ ।

Advertisement
Advertisement

नवौं महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र माधव नेपालले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका थिए । नवौैं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर निर्वाचनमा गएका कारण पार्टीभित्र समस्या उत्पन्न भएको र त्यसैका कारण विभाजनसम्म पुगेको भन्दै अहिले विधानमै प्यानल बनाउन बन्देज लगाउने प्रस्ताव गरिएको हो ।

नवौं महाधिवेशनपछि एमालेमा दुई लाइन संघर्ष सुरु भएको थियो । त्यसैकारण देशव्यापीरुपमा पार्टी दुई धारमा विभाजित भएको थियो । नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि उनले महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गरेका नेपाल र उनको समूहलाई पेलेर पार्टीभित्र काम गर्ने वातावरण नदिएको आरोप लागेको थियो ।

त्यतिमात्र होइन, एमालेभित्र ओली समूह र नेपाल समूह स्पष्ट रुपमा देखियो। अन्ततः पार्टी विभाजन भयो। नवौं महाधिवेशनबाट निर्वाचित ५० भन्दा बढी केन्द्रीय सदस्यसहित नेपालले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । यसबाट पाठ सिक्दै एमालेले महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचन लड्न बन्देज लगाउने व्यवस्थासहितको विधान मस्यौदा तयार पारेको छ । यो मस्यौदालाई विधान महाधिवेशनबाट पारित गर्ने तयारी छ । विधानमा राखिएको यो व्यवस्था पारित भए दसौं महाधिवेशनमा नेतृत्वमा पुग्न प्यानल बनाएर चुनावमा जान पाइने छैन । यो व्यवस्थाले अब एमालेमा संगठित गुट निर्माण नहुने नेताहरूको दाबी छ ।

नवौं महाधिवेशनपछि पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न गत असार २७ गते १०बुँदे सहमति गरिएको थियो । त्यो सहमतिपछि बसेको स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकमा नेताहरूले आफ्ना धारणा राखेका थिए ।

१० बुँदे सहमतिपछि पार्टीको जिम्मेवारीमा फर्केका नेताहरूले विधानको मस्यौदामाथि खुलेर छलफल गरेका थिए । ‘विभिन्न बैठकमा पार्टीमा देखिएको समस्या साझा भएको र त्यसलाई गुटको धारणा बनाउन नहुने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेताहरूले राखेका थिए भने पहिला माधव नेपाल पक्षमा रहेका तर पछि उनको साथ छोडेका नेताहरूले पनि गुटगत धारणा राखेनन्’, एक केन्द्रीय सदस्यले भने ।

पार्टी अध्यक्ष ओलीले पनि पटकपटक गुटको रुपमा कसैसँग कुरा नगर्ने बताउँदै आएका छन् । तर पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो आएपछि ओलीले स्थायी कमिटीको बैठक राखेर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा कार्यदल बनाएका छन् ।

महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, लेखराज भट्ट, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल सदस्य रहेको कार्यदलले सहमति कार्यान्वयनको वातावरण बनाउने जिम्मेवारी पाएको छ । सहमति कार्यान्वयन भएपछि एमालेमा गुट नरहने अपेक्षा गरिएको एक नेताले बताए । कार्यदलमा माओवादीबाट एमालेमा आएका नेता समेत रहेका कारण गुटबन्दी हुन नपाउने ठम्याइँ नेताहरूको छ । ‘सबैलाई मिलाउने जिम्मेवारी उपाध्यक्ष रावल कार्यदलले पाएको छ । त्यसमा सबैतिरको प्रतिनिधित्व छ’, केन्द्रीय सदस्य विजय सुब्बाले भने ।

पार्टीभित्र सबै पक्षको समीक्षा हुनुपर्ने र एउटा पक्षले अर्कोलाई आरोप लगाएर फेरि विवाद उत्पन्न गराउन नहुने धारणा बलियो बन्दै गएको सुब्बाले बताए । ‘केन्द्र्रीय कमिटी बैठकमा केही साथीले राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्षको आलोचना गर्नुभयो तर उहाँहरूले गरेको विषयमा पनि समीक्षा हुनुपर्छ । पार्टीभित्र देखिएका समस्यामा सबैको कमजोरीको पक्षमा समीक्षा हुनुपर्छ । समीक्षा गुटभन्दा बाहिर गएर हुनुपर्छ’, उनले भने ।

अर्का केन्द्रीय सदस्य निरज आचार्यले पार्टीभित्र अहिले गुटबन्दी बन्द भएको र विधान महाधिवेशनबाट प्यानल बनाएर निर्वाचन लड्न नपाउने व्यवस्था पारित भएपछि गुटबन्दी पूर्णत बन्द हुने बताए । ‘विधान मस्यौदामा महाधिवेशनमा नेतृत्वका लागि प्यानल बनाएर निर्वाचनमा जान नपाउने व्यवस्था राखिएको छ । यो पारित भएपछि प्यानल बन्दैन । नेताहरू आफ्नो व्यक्तिगत आकांक्षाअनुसार महाधिवेशनमा उम्मेदवार हुन्छन् ।

Advertisement

त्यसले कसैलाई पनि यो वा त्यो प्यानलमा लागेको भन्ने इगो जन्माउँदैन’, आचार्यले भने । एमालेले पहिलो पटक गर्न लागेको विधान महाधिवेशनले धेरै विवाद निरुपण गर्ने दाबी गर्दै आचार्यले भने, ‘अहिलेको अवस्थामा पार्टीलाई कसरी एकढिक्का बनाएर लैजाने र महाधिवेशनलाई कसरी सफल बनाउने भन्नेमै ध्यान केन्द्रित हुन थालेको छ ।’, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top