अखिल क्रान्तिकारीको सम्मेलन आजबाट, प्रचण्डले उद्घाटन गर्ने

१३ असोज ७८, बिहीबार

१४ असोज, काठमाडौं ।

Advertisement

सत्तासीन नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आज बिहीबार काठमाडौं सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको अखिलका उपाध्यक्ष तिलक भण्डारीले बताए ।

Advertisement

बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ ।

क्रान्तिकारीको अध्यक्षमा तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top