बउडेन बनिन् ट्युनिसियाको पहिलो महिला प्रधानमन्त्री

१३ असोज ७८, बिहीबार

१४ असोज, एजेन्सी ।

ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

‘गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आव्हान गर्नु भएको छ ।’ राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ ।

सइदले यही २५ जुलाइमा हिचेम मेचिचीको सरकार अपदस्थ गरी संसद बिघटन गरेका थिए । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबीच राष्ट्रपतिले तानाशाही कदम चालेका थिए । त्यसपछि उनले विभिन्न आदेश जारी गर्दै शासन सञ्चालन गरेका छन् ।

राष्ट्रपतिको कार्यलयले सार्वजनिक गरेको एउटा भिडियोमा सरकार गठनका लागि बउडेनले राष्ट्रपतिसँग छलफल गरेको देखिन्छ ।

उनले सरकारको नेतृत्व महिलाले गर्नुपर्ने बताउँदै आएका छन् । नयाँ सरकारले भ्रष्टाचार निर्मूल र विभिन्न संस्थाहरुमा देखिएको उथलपुथल अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक संक्रमणकालको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ । तर, प्रायः ट्युनिसियालीले आफ्नो जीवनस्तरमा खासै सकरात्मक परिवर्तन अनुभूति गर्न सकेका छनैन् । भ्रष्ट राजनीतिक संरचनाका कारण कतिपय नागरिकमा वितृष्णा पैदा भएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top