जनयुद्धमा मारिएकालाई सरकारले चाँडै राष्ट्रिय सहिद घोषणा गर्छः प्रचण्ड

जनयुद्धमा मारिएकालाई सरकारले चाँडै राष्ट्रिय सहिद घोषणा गर्छः प्रचण्ड

१४ असाेज, काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकारले माओवादी युद्धमा मृत्युवरण गरेकाहरुलाई चाँडै राष्ट्रिय सहिद घोषणा गर्न लागेको बताएका छन् । उनले सरकारको हालै जारी साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै सन्तोष व्यक्त गरे ।

बिहीबार माओवादीनिकट सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यको तर्फबाट जति हुनुपर्ने त्यति हुन नसकेको बताए । उनले माओवादी क्रान्ति पूर्ण नभएकाले यो अवस्था आएको पनि बताए ।

उनले भने, ‘म प्रधानमन्त्री बन्दा क्याबिनेटको पहिलो निर्णय नै जनयुद्धका महान सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने भन्ने थियो । तर, त्यतिबेला बडो जालझेलपूर्वक त्यो निर्णयको प्रतिलिपि नै गायब पारियो । कसले गर्यो ठूलो अनुसन्धानको विषय छ । राजपत्रमा प्रकाशित नभएकाले त्यसलाई आधिकारिक भन्न गाह्रो भयो । तर अब छिट्टै गठवन्धन सरकारमार्फत राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रियामा सफलता प्राप्त गर्दैछौं ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.