विदेशी मुद्रा सटहीमा कडाइ

१३ असोज ७८, बिहीबार

१४ असाेज, काठमाडौँ।

Advertisement

बैङ्क तथा वित्तीय संस्थाहरूले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेका छन् । विदेशी मुद्रा नगदको दुरुपयोग रोक्न नगदभन्दा कार्डको प्रयोगलाई प्रोत्साहन गर्न बैङ्कहरू आफैँले कडाइ गर्न थालेका हुन् ।

राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले चाडबाड नजिकिँदै गर्दा आयात बढेसँगै विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि बैङ्क तथा वित्तीय संस्थाहरूले विदेशी मुद्राको दुरुपयोग नहोस् भन्ने उद्देश्यले डलर सटहीमा कडाइ गर्न थालेको बताए ।

Advertisement

उादे भने “राष्ट्र बैङ्कको निर्देशनभन्दा पनि बैङ्कहरू आफैँ सजग हुन थालेका हुन् । ” बैङ्कहरूले अधिकतम दुई सय डलर मात्र सटही गर्न थालेको बैङ्कहरूले जनाएका छन् ।

राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार आव २०७८ साउनमा विदेशी सञ्चिति १३ खर्ब ५३ अर्ब ८२ करोड रुपियाँ कायम भएको छ । यो विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा १२ खर्ब छ अर्ब ५१ करोड रुपियाँ र अन्य बैङ्क तथा वित्तीय संस्थामा एक खर्ब ४७ अर्ब र ३१ करोड रुपियाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top