संसदको निकासका लागि प्रधानमन्त्री र सभामुखले एमालेसँग मात्रै छलफल गर्नुपर्छ : विशाल भट्टराई

१४ असोज, काठमाडौँ ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेका मुद्दालाई संवोधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेतासँग छलफल गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधिसभाको बैठकपछि सञ्चरकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरु रहेको बताए ।

Advertisement

उनले राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून बिपरित्, संविधान बिपरित्, र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताए ।

प्रमुख सचेतक भट्टराईले भन्ने, ‘खास गरी नेकपा एमालेले उठान गरेका जे मुद्दाहरु हुन् ती मुद्दाहरुको बारेमा सत्तापक्षले वा सभामुख ज्यूले हाम्रा आपत्तिहरुलाई आधार बनाएर समाधानमुखी तरिकारले नेकपा एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि किन अरु गठबन्धनलाई भेला पारेर, अरु सबैसँग साच्ची राखेर हामीसँग उहाँले बस गर्नुपर्दैन, त्यो जरुरी हामी ठान्दैनौँ, सिधा एमालेसँग संवाद भयो भने संवादका लागि सधैँ खुल्ला छौँ,त्यसकारण आजको बैठकमा हामी गएनौ,मुल कुरा सरकारसँग अहिले हाम्रो आपत्ति भनेको संसदको अहिलेको हाम्रो अवरोध भनेको सभामुख व्यवहारप्रतिको आपत्ति,उहाँको निर्णयप्रतिको आपत्ति हो भने पछिल्ला दिनमा सरकारसँग पनि हाम्रो केही आपत्तिहरु थपिएका छन्, जस्तै साउन ३२ गतेको दिन संसद अधिवेशन अन्त्य गर्नुभयो,विगतमा हामीलाई पटकपटक संसद छलेको आरोप लगाउने उहाँहरुले १ गते बिहानै अध्यादेश ल्याउनुभयो,त्यो पनि ४० बाट झारेर २० प्रतिशतमा पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउनुभयो,हामीले ल्याउँदा संसद छलेको हुने,उहाँहरुले ल्याउँदा नहुने ?कति भए पुग्छ भनेर हाम्रो दल विभाजन गर्नका लागि जुन हर्कत गरियो त्यसप्रति हाम्रो आपत्ति हो,अझ आश्चर्यको कुरा के हो भने प्रतिनिधिसभामा टेबुल गरिसकेपछि त्यहीबाट निरुपण गर्ने, पास, फेल के गर्ने हो त्यो उहाँहरुसँग बहुमत थियो, त्यो गर्दा भइहाल्थ्यो तर त्यो छोडेर उहाँहरुले संसदमै त्यसलाई बेवारिसे छोडिदिएर अचानक क्याबिनेटले फिर्ता लिने जुन काम गर्नुभयो,त्यो कानून बिपरित् छ,संविधान बिपरित् छ, नैतिक दृष्टिकोणले बास्तवमा त्यो उचित काम भएन ।’

Advertisement

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताए । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top