सभा सम्मेलन रोक लगाउने जिल्ला प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरित : एमाले

१४ असाेज, काठमाडौँ ।

Advertisement

प्रमुख प्रतिपक्षी दल एमालेले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । शुक्रबारदेखि हुन लागेको एमाले विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरिएको एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए ।

उनले भने, ‘विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा प्रेरित छ ।’ स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए ।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने ’ आदेश जारी गरेको छ ।

भाेलीदेखि ललितपुरको गोदावारीमा एमाले विधान महाधिवेशन सुरु हुँदैछ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top