माओवादी नेता पद, प्रतिष्ठा, पैसा र कमिशनको पछि लागेः प्रचण्ड

१४ असाेज, काठमाडाैँ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको क्रान्तिकारी चरित्र र क्रान्तिकारी कार्यशैलीमा ह्रास आएको बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीवार अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पार्टीको क्रान्तिकारी चरित्रमा ह्रास आएको बताएका हुन् ।

विगतमा सामाजिक रुपान्तरण, क्रान्ति र परिवर्तनको निम्ति काम गर्ने पार्टी नेता कार्यकर्ताहरुको कार्यशैलीमा स्खलन भएको उनले बताए । पार्टीका नेताहरु पद, प्रतिष्ठा, पैसा र कमिशनको निम्ति मरिहत्ते गर्ने भन्दै उनले पार्टीभित्र अवसरवादी चरित्र मौलाएको बताए । जो नेता जतिधेरै माथि भयो उतिधेरै स्खलित भएको उनको भनाई छ । पार्टीबाट जति धेरै मन्त्री बने उनीहरु नै पतन भएको भन्दै अध्यक्ष प्रचण्डले पार्टीमा रुपान्तरणको खाँचो रहेको औँल्याए । उनले भने – ‘हामी बिस्तारै विस्तारै थाहै नपाइकन गएको दश पन्ध्र वर्ष यता हाम्रो क्रान्तिकारी चरित्रमा ह्रास आएको छ । हामी हिजो सामाजिक रुपान्तरणको निम्ति, क्रान्तिको निम्ति, परिवर्तनको निम्ति, उत्पादनको निम्ति जनताको निम्ति काम गर्ने हाम्रो क्रान्तिकारी कार्यशैलीमा स्खलन भएको छ । र हामी बिस्तारै विस्तारै थाहै नपाईकन हिजो क्रान्तिकारी आन्दोलनलाई, जनयुद्ध र जनआन्दोलनलाई दबाउन सरकारमा बसेका पार्टीहरुले जेजस्ता हत्कण्डा अपनाउथे बिस्तारै हामी उस्तै उस्तै हुँदै जाने खतरा पैदा हुन थालेको छ । हामीपनि पदको निम्ति, प्रतिष्ठाको निम्ति, पैसाको निम्ति, कमिशनको निम्ति, दलाल पुँजिपतिहरुसँग, नोकरशाहसँग उनीहरुको हितहरु प्रति बढी संवेदनशिल हुने आफ्नै वर्गलाई बिर्सने जस्तो । जो जति माथि नेतृत्वमा पुग्यो त्यो त्यतिधेरै अवसरवादी । जो जतिधेरै मन्त्री भयो त्यो त्यतिधेरै । जसलाई धेरै मन्त्री बनाएँ मैले पार्टीबाट ति पतन भए । जो जति माथि आयो त्यो त्यति दलालहरुसँग एकाकार भएर गयो । जता सँग सम्बन्ध बिच्छेद भएजस्तो भयो ।’

झन्झन्डै आत्महत्या गर्न पुगे
अध्यक्ष प्रचण्डले विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रहँदा तत्कालीन पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली सँगको लडाइँ जिवन मरणको लडाइँ भएको स्मरण गरे । त्यतिखेर आफु आत्महत्या गर्ने कि लडाइँ लड्ने भन्ने अवस्थामा रहेको भन्दै उनले जोखिम उठाएर क्रान्तिकारी ढंगले लड्ने संकल्पसाथ लडेको उल्लेख गरे । उनले केपी ओलीमाथि विजय प्राप्त गरेको पनि बताए । उनले भने – ‘मेरो अगाडी अब फेरी लडाइँ गर्ने कि, आत्मसमर्पण त मैले गर्न सक्दिनँ । गर्न हुँदैन । हजारौँ सहिदहरु, हजारौँ बेपत्ता योद्धाहरु, घाइते, अपांगहरुको सबै ऋण त मुख्य रुपमा त मेरो टाउकोमा छ । या त, मैले यात सकिन मैले यत्ति नै रहेछ भनेर आफुले आफैँलाई सुसाइड गर्नुपर्ने । सुसाइड सबै नराम्रो मात्रै हुँदैन है साथी हो । माक्र्सको ज्वाई छोरी सबैले सुसाइड गरेको कथा सायद तपाईहरुले पढ्नुभएको होला । सबै सुसाइड गलतै हुन्छ भन्ने हुँदैन । यात लड्नुपर्ने । अब लड्ने कि मर्ने ? फेरि पनि मृत्यू या मुक्तिको ठाउँमा पुगेको देखेँ मैले । पार्टी भित्र पनि र पार्टी बाहिर पनि । र अन्तिममा पार्टी भित्रका सबै साथीहरुको सहयोगबाट हामी फेरी लड्ने क्रान्तिकारी ढंगले लड्ने । पुरा जोखिम उठाएर लड्ने । जेल जानुपर्छ भने जाने । मारिनुपर्छ भनेपनि तयार हुने । तर प्रतिक्रान्ति र प्रतिगमनको अगाडी हरहालतमा नझुक्ने भन्ने हामीले संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन । ’

चुनाव लड्न सकिदैन समानुपातिक निर्वाचन गरौं
अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएका कारण चुनाव लड्न नसक्ने स्थिति आएको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताए । यसका निम्ति सडकबाटै जनताले दबाब दिनुपर्ने पनि उनले बताए ।

गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक छ
उनले गाउँघरमा केपी ओली र कमल थापाहरुको आतंक भएको भन्दै ति आतंकलाई परास्त गर्न नेता, कार्यकर्तालाई आग्रह गरे । अध्यक्ष प्रचण्डले पार्टीभित्र आफुविरुद्धमा गुटबन्दी बनाउने कोसिस भइरहेको भन्दै आफु नेतृत्व छाड्न तयार नभएको स्पष्ट पारे । उनले अहिलेको अवस्थामा पार्टी थेग्न सक्ने कोही नदेखेको भन्दै विचार, योजना र कार्यक्रमसहित आउनेलाई नेतृत्व छोड्न तयार रहेको उल्लेख गरे । तर उत्तराधिकारी अहिले नै घोषणा नगर्ने उनको भनाई छ ।

उनले भने – ‘आज प्रतिक्रियावादीहरु खुलेआम गाउँघरमा टोलटोलमा उनीहरुको आतंक छ । वाइसियल आतंक छैन । माओवादी आतंक छैन अहिले । अहिले त केपी आतंक । ओली आतंक । जसले गणतन्त्र रोक्नका लागि लड्यो त्यसको पो आतंक छ हामी माथि । के अचम्म भयो यो ? कमल थापा आतंक । कहाँबाट कहाँ पुगेकाहरु चाहीँ तिनीहरुको पो आतंक छ । अनि हामीलाई टुक्राटुक्रा पा¥यौँ भनेर उनीहरु दंग परेका छन् । पोहोर यो विघटन गर्ने बेलामा माओवादी अब सिद्धियो भन्ने र प्रचण्डको अब केही मुल्य छैन । हुँदाहुँदा त भित्रकै साथीहरुले भन्न थाले अब प्रचण्डबाट केही माखो मर्दैन भन्छन् । मलाई त अनौठो लाग्छ हेर्नुस् । साथीहरुले नै भनेको सुन्छु मैले । मेरै अगाडी त भन्दैनन् । मेरो अगाडी त तपाई नै हो तपाई बाहेक कोही छैन भन्छन् । तर पछाडी गएर अब प्रचण्डबाट केही हुँदैन है अब हामीले अर्को तयारी । साच्चै गरिदिने साथी भए, यसले सबैलाई समेटेर लाने भयो भने त हेर्नुस् म त बसेर किताब लेख्न पाए म सबभन्दा खुशी हुन्थे । तर यसो हेर्छु छाँट । त्यसपटक यो लास्ट अबसर एकचोटी म लडाइँ लड्छु । त्यसो भन्ने साथीहरुलाई म सहृदयतापूर्वक तपाईहरु विचार योजना र कार्यक्रमसहित आउनुस् । तपाईको राम्रो भयो र पार्टीले पास ग¥यो भने तपाईलाई धन्यवाद दिएर उत्तराधिकारी घोषणा गरेर हिड्छु म चाहीँ । तर माओले लिनप्याओलाई गरेको जस्तो अहिले नै भन्दिने जस्तो गल्ती चाहीँ म चाहीँ गर्दिन । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोलि हान्न हिड्यो । उत्तराधिकारी भनेपछि त त्यो त काल रहेछ । म किन भन्ने म त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई मैले बाटो छोडिदिन्छु भनिराखेकै छु मैले । त्यसकारण एकपटक हामी जाग्नुप¥यो भन्ने हो ।’

ओलीलाई तानाशाह भन्ने १० भाइले आत्मसर्मपण गरे
अध्यक्ष प्रचण्डले विगतमा एमालेको माधव नेपाल पक्षधर रहेका र नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका १० जना नेताहरुले आफुलाई केपी ओलीविरुद्ध लड्न आग्रह गरेको भएपनि उनीहरुले नै ओलीसँग आत्मसर्मपण गरेको बताए । आफुलाई एमाले फुटाएको आरोप लगाएको भन्दै उनले विगतमा तिनै दश नेताहरुसहितको बैठकले केपी ओलीलाई कारबाही गरेको तर्फ ति नेताहरुलाई स्मरण गराए ।

उनले भने – ‘केही साथीहरु अहिले केपीसँग आत्मसमर्पण भन्नेकी के भन्ने गर्नुभाछ । अस्तिसम्म त उहाँहरुले मलाई दह्रोसँग उभिनुस् कमरेड तपाईको पछाडी हामी छौँ यो केपी तानाशाह नै हो । यो षड्यन्त्रकारी नै, अपराधी नै हो भन्थे ति दश भाई । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोज्ने अरे मलाई गाली । होइन उहाँहरु पनि बसेर केपीलाई पार्टीबाट निकालेको होइन ? भन्छु म । केपीलाई निकाल्ने बेलामा त ति दशभाई पनि थिए केन्द्रीय समितिमा । पार्टीबाटै निकाल्दा सहि गरेका छन् । उनीहरुको सही माइन्युट नै छ । अनि मैले पार्टी फुटाउन खोजेको एमाले भन्न मिल्छ त ? तर भन्छन् । भन्ने त बेइमान भए भए सुन्ने र ताली लगाउने देखेर हैरान हुन्छ ।’

अध्यक्ष प्रचण्डले युवा तथा विद्यार्थीहरुलाई विकृति र विसंगतिका विरुद्ध तथा प्रतिगमन र प्रतिक्रान्तिको विरुद्ध आक्रमक ढंगले प्रस्तुत हुन निर्देशन समेत दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top