नेप्सेमा ३२ अङ्कको गिरावट, तीन कम्पनीको शेयरमा सर्किट

१४ असोज ७८, शुक्रबार

१४ असाेज, काठमाडौँ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ३२ अङ्क बढीले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.५१ अङ्कले घटेर दुई हजार ६३३.४२ अङ्कमा पुगेको छ ।

ठूला कम्पनकिो शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अङ्कले घटेर ४९७.०५ अङ्कमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ । कूल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर रु तीन अर्ब ७० करोड २९ हजार ५०७ मूल्यमा खरिद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ११८.१३, अन्य ४.५६ र सामूहिक लगानी कोष ०.०३ अङ्कले बढेको छ । यस्तै बैंकिङ २०.६, होटल तथा पर्यटन ४४.१५, विकास बैंक १५५.७५, जलविद्युुत् ८२.५१, वित्त ६८.९६, निर्जीवन बिमा १०४.५७, उत्पादन १०२.९७, लघुवित्त ३८.२२, जीवन बिमा १०१.४२ र लगानी १.०९ अङ्कले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ७७ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै अपि पावर कम्पनी रु १० करोड ८३ लाख ३२ हजार ७३०, मेगा बैंक रु १० करोड नौ लाख पाँच हजार ४७०, हिमालयन डिस्टिलरी रु नौ करोड ८४ लाख ६५ हजार ८२० र नेपाल पुनरबिमा कम्पनी रु नौ करोड ४० लाख ३५ हजार ८३७ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । रुरु जलविद्युत् परियोजना ६.०५ र सिभिल लघुवित्तका लगानीकर्ताले ५.२९ प्रतिशतले कमाए ।

त्यस्तै गुडविल फाइनान्स ६.८६, प्रिमियर इन्स्योरेन्स ६.२९, हिमालयन पावर पार्टनर ६.२२, कर्पोरेट डेभलपमेन्ट बैंक ५.६३ र वरुण हाइड्रोपावरका लगानीकर्ताले ५.६३ प्रतिशतले गुमाए । शेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३६ खर्ब ८६ अर्ब ३३ करोड आठ लाख ३० हजारको हाराहारीमा ओर्लेको छ । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top