‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’

१५ असोज ७८, शुक्रबार
Share this
771shares

१५ असोज, लण्डन ।

Advertisement

बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्।

उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्।

Advertisement

उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्। सन् २०३९ सम्म मलाई लाग्छ चीन विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्ने छ, उनले भने।

Advertisement

पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top