ईपीएलमा ललितपुरको पहिलाे जित

१५ असाेज, काठमाडौं ।

अफगानिस्तानका अलराउन्डर आजमतुल्लाह ओमरजाइको सर्वोत्कृष्ट प्रदर्शनसँगै साविक विजेता ललितपुर प्याट्रियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल बनाएको ललितपुरले शुक्रबार पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।

 टियु क्रिकेट मैदानमा जितको लागि २ सय २७ रनको कीर्तिमानी विशाल विजयी लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८९ रन बनायो । विराटनगका दीलशान मुनाविराले ३९ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ५९ रन बनाए । ओपनर चन्द्रपाउल हेमराज र आसिफ शेखले ३.५ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । आजमतुल्लाह ओमरजाईले बोल्ड गनुअघि हेमराजले १३ बलमा ४ चौका र १ छक्का सहित २८ रन बनाए । आसिफ शेख ३० बलमा ६ चौका सहित ३७ रनमा आउट भए ।

सिकन्दर राजा १२ बलमा २ चौका र २ छक्का सहित २४ रनमा आउट भएका थिए । स्पिनर ललितनारायण राजवंशीको १५ औं ओभरको चौथो बलमा राजा पवन सरार्फबाट क्याच आउट भएसँगै ललितपुरले खेलमा पूनरागमन गरेको थियो । बाँकी १७ रन जोड्न ४ विकेट गुमाएपछि विराटनगर जितको सम्भावना सकिएको थियो । अनिल साह ८, करण केसी ४ र सौरभ खनाल शून्यमा आउट भए । वसन्त रेग्मी ९ र प्रतिश जि.सी. ४ रनमा अविजित रहे । सुमित महर्जन २ रनमा आउट हुन पुगेका थिए ।

आजमतुल्लाह ओमरजाइले ४ ओभरमा ४२ रन खर्चेर ४ विकेट लिए । ललितनारायण राजवंशीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । योगेन्द्र सिंह कार्कीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । तर भैरहवाले उक्त लक्ष्य पूरा गर्नेक्रममा १९.४ ओभरमा ६ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो ।

ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्का ५८ सहित रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्का सहित सर्वाधिक ७३ रनको योगदान दिए । ओमरजाइले ब्यक्तिगत २ रनमै जीवनदान पाएका थिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिडविकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई ठूलो भारी पर्यो ।

विराटनगरलाई ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर दीलशान मुनावीराले छैटौं ओभरको अन्तिम बलमा कुशललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । कशुलले १७ बलमा ४ चौका र २ छक्का सहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्का सहित २८ रन जोड्दै आउट भए । योगेन्द्र सिकन्दर राजाको ११ औं ओभरको अन्तिम बलमा सुमित महर्जनबाट क्याच आउट भए ।

१३ औं ओभरको पहिलो बलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सी।ले पवन सरार्फलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए । वसन्तले १४ औं ओभरको दोस्रो बलमा सान्दुनको बल ब्यक्तिगत ६६ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा सुमितले ओमरजाईको क्याच ड्रप गरेका थिए ।

नारायण जोशीले रामनरेश गिरीलाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । जोशी ४ बलमा ३ छक्का सहित १८ रनमा अविजित रहे । समग्रमा ललितपुरले खेलमा १९ छक्का प्रहार गरेको थियो । विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी.सिकन्दर राजा र दिलशान मुनाविराले १-१ विकेट लिए ।

विराटनगरको लगातार तेस्रो हारसँगै अघिल्लो चरणको सम्भावना अव अंकगणीतिय झिनो आशा मात्र बाँकी छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग २ विकेट र भैरहवा ग्ल्याडियटर्ससँग ६ विकेटले पराजित भएको थियो । विराटनगरले शनिवार पोखरा राइनोजसँग खेल्ने छ । ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स इलेभेन ७ विकेट र पोखरा राइनोजसँग ९ विकेटले पराजित भएको थियो । भैरहवासँग खेल बराबर भएपछि ललितपुरले अंक बाँडेको थियो । यो जितसँगै साविक विजेता ललितपुरले अघिल्लो चरणको सम्भावना कामयै राखेको छ । ललितपुरले आफ्नो अन्तिम खेल चितवन टाइगर्ससँग आइतबार खेल्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top